संखुवासभामा ५० प्रतिशत मत खसेको अनुमान

संखुवासभा – आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा संखुवासभामा ५० प्रतिशत मत खसेको अनुमान गरिएको छ।  भौगोलिक विकटताको कारण सबै केन्द्रका मतदान अधिकृतहरूसँग सम्पर्क हुन नसकेकाले तथ्याङ्कमा ढिलाइ भएको जिल्ला निर्वाचन अधिकारी रामेश्वर निरौलाले बताउनुभयो । उहाँले विकट क्षेत्रमा निरन्तर टेलिफोन सम्पर्क गर्न खोजे पनि हुन नसकिरहेको बताउनुभयो । खाँदबारी नगरपालिका ३ को मानेभञ्ज्याङ महेन्द्र मावि (ख) केन्द्रमा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको मतपत्र राख्ने बाकसमा हालेपछि विवाद सिर्जना भएको थियो । ...