दैलेखमा ५१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

दैलेख – आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा दैलेखमा ५१ दशमलव ४४ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार कुल ८१ हजार ७ सय ८१ मत खसेको छ । प्राप्त विवरण अनुसार खसेको मतमध्ये महिलाको सहभागिता ५३ प्रतिशतभन्दा बढी छ । खसेको मतमा महिलाहरुको संख्या ४३ हजार चार सय ५४ र पुरुषतर्फ ३८ हजार ३ सय २७ रहेको छ । खसेको मतमध्ये कर्मचारीतर्फ र कारागारका कैदीबन्दी समेत १ सय ७६ जनाले मतदान गरेका छन् । निमामती कर्मचारी, सेना, प्रहरीका १८ महिला ...