खोप किन्न दुई पालिकाले मागे अनुमति

तनहुँ। सरकारले अनुमति दिए तनहुँका दुई पालिकाले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन्। म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैं खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गरेको हो। सरकारले खोप उपलब्ध गराउन समय लागेपछि आफैंले खरिद गर्ने भन्दै गाउँपालिकाले मन्त्रालयसँग अनुमति माग गरेको हो।

सम्बन्धित सामग्री

सवारीसाधन किन्न विद्यालयलाई अनुदान

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरभित्रका सामुदायिक विद्यालयलाई पालिकाले सवारीसाधन सञ्चालनका लागि अनुदानको व्यवस्था गरेको छ । नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई सवारीसाधन खरिद गर्न ५० प्रतिशत अनुदान रकम उपलब्ध गराएको हो । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले समुदायमा शिक्षाको पहुँच बढाउन यस्तो अनुदानको कार्यक्रम लागु गरिएको जानकारी दिनुभयो । २०७४ सालदेखि यस्तो अनुदानको कार्यक्रम सुरु गरिएको हो । हालसम्म मावि तहका १५ वटा विद्यालयलाई १० लाखका दरले पालिकाले रकम उपलब्ध गराएको छ । यो ५० प्रतिशत रकम हो ।

रोङ, मह र मेहनती प्रेमबहादुर

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ।...

इलामको रोङमा व्यावसायिक मौरीपालन

इलाम- इलामको रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ । रोङ वडा नम्बर ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गरेका छन् । करिब ४० वटाका दरले पाँच वटा छुट्टाछट्टै स्थान...

इलामको रोङमा व्यावसायिक मौरीपालन

इलाम- इलामको रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ । रोङ वडा नम्बर ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गरेका छन् । करिब ४० वटाका दरले पाँच वटा छुट्टाछट्टै स्थान...

न्यानो कपडा वितरण

टीकापुर । कैलालीको जानकी गाउँपालिका–८ ले ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले वडामा रहेका ४७० त्यस्ता व्यक्तिलाई कम्बल वितरण गरेको हो ।      वडा कार्यालयले ३१३ ज्येष्ठ नागरिक, १२६ एकल महिला र ३१ अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरेको थियो । ‘चिसो छेक्न केही सहयोग होस् भनी हामीले ज्येष्ठ नागरिक, अपांगता भएका र एकल महिला बढी समस्यामा हुन्छन् भनी उनीहरूलाई न्यानो लुगा दिएका हौं,’ वडाध्यक्ष डम्बरबहादुर थारुले भने, ‘कतिपय परिवार विपन्न छन् । उनीहरूलाई यो कपडाले धेरै राहत दिन्छ ।’     ‘माघ महिना सकिनै लाग्दा पनि यसवर्ष कैलालीमा चिसो घटेको छैन । निरन्तर वर्षा र शीतलहरका कारण नागरिक समस्यामा छन् । कैलालीमा माघ महिनाभरि राम्ररी घामसमेत लागेको छैन ज्येष्ठ नागरिक तथा बालबालिकालाई चिसो छल्न बढी समस्या भएको छ ।’ स्थानीयवासी सुधा चौधरीले भने, ‘यस्तो कठिन अवस्थामा स्थानीय सरकारले सक्दो सहयोग गर्नु राम्रो हो ।’      वडा कार्यालयबाट न्यानो कपडा पाएपछि भगरैयाकी मन्टुर्नी चौधरी खुसी भएकी छन् । ‘यस वर्ष निकै चिसो भयो, यस्तो चिसोमा वडा कार्यालय र गाउँपालिकाले पनि न्यायो लुगा वितरण गरे’, उनले भनिन्, ‘यसले थोरै भए पनि राहत मिलेको छ ।’ रुन्चे थारुले लुगासमेत किन्न नसक्ने नागरिकलाई पालिकाको सहयोगले सजिलो भएको बताए ।      स्थानीयवासी निर्मला थापाले स्थानीय सरकारले गरेका सहयोगले लुगा नभएका र किन्न नसक्नेलाई बढी लाभ भएको बताइन् । ‘कति मानिसले ओढ्ने सलसमेत किन्न सकेका छैनन्, लुगा नभकाले पराल ओच््छ्याएर सुत्ने गरेका छन’, उनले भनिन्, ‘यो सहयोगले ठूलो राहत भएको छ ।’ चिसो बढेपछि कैलालीको जानकी, जोशीपुर गाउँपालिका, टीकापुर र भजनी नगरपालिकाका विभिन्न वडामा पनि न्यानो लुगा वितरण गरिएका छन् । पालिकाले यसका साथै विभिन्न चोकचोकमा दाउरा वितरणका लागि सामुदायिक वनसँग सहकार्यलगायत कार्यसमेत गरेको छ । जोशीपुर गाउँपालिका– १ का वडाध्यक्ष विधिराम चौधरीले गाउँपालिकाले वडास्तरमा विपन्न तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, कपडा वितरण गर्ने कार्य गरेको बताए ।      ‘हामीले बर्सेनि यस्ता कार्यक्रम गर्दै आएका छौँ, ज्येष्ठ नागरिक त्यसमा पनि विपन्नलाई सहयोग हुन्छ भनी यी कार्यक्रम निरन्तर भइरहेका छन्’, उनले भने, ‘यस्ता कार्यक्रम पालिकास्तरमै हुने गरेका छन् ।’ टीकापुर नगरपालिकाले पनि वडास्तरमा न्यानो लुगा, टर्च, छाताजस्ता सामान ज्येष्ठ नागरिकलाई वितरण गरेको छ । रासस

खेतीको समयमा नै मल नपाउँदा सर्लाहीका किसान चिन्तित

पुस ११, सर्लाही । यहाँका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ । जिल्लामा अहिले गहुँबालीको समय रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा आफूहरुको मेहनत खेर जानेचिन्ता बढेको किसान रामपुकार महत्तोले गुनासो गरे । मलखाद नपाएर किसानलाई बाली विग्रिने चिन्ताले सताएको छ । यहाँ मलखादका विक्रेताले मलखाद चर्को मूल्यमा बाहिरै बेच्ने गरेको किसानको आरोप छ ।  सर्लाहीमा युरिया एक हजार बोरा र डिएपी ८०० बोरा आयात भएकामा युरियाप्रति बोरा रू. ८१५ र डिएपी मल प्रतिबोरा रू. दुई हजार २६५ मा सहकारी संस्थामार्फत विक्रीवितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख दीपक थापा मगरले बताए ।  उनका अनुसार स्थानीय निकायको सिफारिसमा आएका डिलरलाई कार्यालयमा आएको मल दामासाहीले वितरण गरिएको छ । डिलरवालाले सरकारी अनुदानमा पाएको मलखाद चर्को मूल्यमा विक्रीवितरण गरिरहेको किसानको आरोप छ ।  सरकारी अनुदानको मलखाद जिल्लाका ग्रामीण क्षेत्रमा रहेका किराना पसलदेखि औषधि पसलमा समेत खुलेआम चर्को मूल्यमा विक्रीवितरण भइरहेको किसानले बताएका छन् ।  जिल्लामा सरकारी अनुदानमा आएको युरिया मल अहिले प्रतिबोरा रू. एक हजार २०० देखि रु एक हजार ५०० र डिएपी मल रू. तीन हजारदेखि रू. तीन हजार ५०० सम्ममा किन्न बाध्य भएका छन् ।  कृषि सामग्री कम्पनी लिमिटेडले विक्री वितरण गरेको मलको वस्तुगत अवलोकन तथा अनुगमन गर्नुपर्ने स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय निष्क्रिय भएका कारण अहिले आफूहरुले चर्को मूल्यमा मलखाद खरीद गर्नुपरेको उनीहरुको आरोप छ ।  कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय निकायले सिफारिस गरेका कृषि सहकारीलाई सरकारी दरमा मल दिएको जनाउँदै अनुगमनको काम आफ्नो नभएको भन्दै पञ्छिने गरेको छ ।  जिल्लामा रहेका २० पालिकाले सिफरिस गरेका १७० कृषि सहकारीमार्फत कार्यालयले मल वितरण गरी रहेको छ । रासस

सुदूरपहाडी जिल्लामा सञ्चालनमा आएनन् सुपथ मूल्य पसल

असोज १३, बैतडी । चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेपनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । प्रदेशअन्तर्गत कैलालीको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीले जानकारी दिएको छ । ती स्थानमा यही असोज २ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको कार्यालय प्रमुख तथा नायव कार्यकारी अधिकृत केशवप्रसाद पाण्डेले जानकारी दिए । विगतका वर्षमा दशैँतिहार, छठसहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो । कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दशैँतिहार तथा छठलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो ।  पहाडी जिल्लामा तत्काल सुपथमूल्य पसल सञ्चालन गर्ने सम्भावना नरहेको उनको भनाइ छ । आन्तरिक राजस्व कार्यालयले अनलाइन बिलिङ काटेर मात्रै सामग्री विक्री गर्न भन्ने गरेको र सबै ठाउँमा जनशक्ति, कम्प्युटर, सफ्टवेयर र इन्टरनेटलगायत सुविधा नभएकाले अन्य स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिने बताइएको छ । उनले भने, ‘अनलाइन बिलिङ काट्नुपर्ने अवस्था छ, हामीसँग जनशक्ति नहुँदा पहाडी जिल्लामा त्यो सम्भव छैन ।’ पहाडी जिल्लामा सुपथ मूल्य पसल सञ्चालनका लागि सम्बन्धित पालिकाले चाँसो देखाउनुपर्ने उनले बताए । ‘कुनै स्थानीय तहले सुपथ मूल्य पसल सञ्चालन गर्छु भनेर आउँछ भने हामीले खाद्यान्न सामग्री उपलब्ध गराउँछौ, हामी आफैंले सञ्चानल गर्न सम्भव छैन ।’ पालिकाहरुले सुपथ मूल्य पसल सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस मागेर कर्पोरेसनमा गयो भने सामग्री उपलब्ध गराउनेछ ।  चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि सञ्चालनमा नआउँदा यस क्षेत्रका उपभोक्ता बजारबाट महँगो दरमा सामान किन्न बाध्य भएका छन् । सुपथ मूल्य पसलमा बाहिर बजारको भन्दा सहुलियत मूल्यमा चिनी, नून, चामल, दाल, साबुन, तेल, चिउरालगायतका अन्य खाद्य सामग्री किन्न पाइन्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगामी कात्तिक २४ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिइको छ । यसैबीच कैलालीको अत्तरिया र धनगढीमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा पनि चिनीको अभाव रहेको प्रमुख पाण्डेले बताए  ।  उनले भने, ‘माथिबाटै चिनी आएको छैन, हाम्रो केन्द्रीय कार्यालयमै चिनीको अभाव छ, त्यसैले चिनीबाहेकका अन्य खाद्य सामग्री विक्री गरिरहेका छौं ।’ रासस

खोप किन्न दुई पालिकाले मागे अनुमति

सरकारले अनुमति दिए तनहुँका दुई पालिकाले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन् । म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैँ खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गरेको हो ।...

विवाह रोकिएपछि पढ्ने रहर झनै बढ्यो, पालिकाले आर्थिक सहयोग गर्ने

पढेर आफ्नो खुट्टामा उभिन मन छ । किनकी महिला आफ्नै खुट्टामा उभिन नसकेर घरपरिवारको कचकच सहनुपरेको उहाँले साँझ बिहान देख्नु भएको छ ।  धेरै महिलाले अझै पनि आफूलाई चाहिने सामान किन्न श्रीमानको अघिल्तिर हात फैलाउनुपर्छ । यही कुराले श्रीमानको कचकच, सासु ससुराको गनगन सहने गाउँका महिलाको पीडा पनि उहाँलाई राम्रोसँग थाहा छ...