न्यानो कपडा वितरण

टीकापुर । कैलालीको जानकी गाउँपालिका–८ ले ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले वडामा रहेका ४७० त्यस्ता व्यक्तिलाई कम्बल वितरण गरेको हो ।      वडा कार्यालयले ३१३ ज्येष्ठ नागरिक, १२६ एकल महिला र ३१ अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरेको थियो । ‘चिसो छेक्न केही सहयोग होस् भनी हामीले ज्येष्ठ नागरिक, अपांगता भएका र एकल महिला बढी समस्यामा हुन्छन् भनी उनीहरूलाई न्यानो लुगा दिएका हौं,’ वडाध्यक्ष डम्बरबहादुर थारुले भने, ‘कतिपय परिवार विपन्न छन् । उनीहरूलाई यो कपडाले धेरै राहत दिन्छ ।’     ‘माघ महिना सकिनै लाग्दा पनि यसवर्ष कैलालीमा चिसो घटेको छैन । निरन्तर वर्षा र शीतलहरका कारण नागरिक समस्यामा छन् । कैलालीमा माघ महिनाभरि राम्ररी घामसमेत लागेको छैन ज्येष्ठ नागरिक तथा बालबालिकालाई चिसो छल्न बढी समस्या भएको छ ।’ स्थानीयवासी सुधा चौधरीले भने, ‘यस्तो कठिन अवस्थामा स्थानीय सरकारले सक्दो सहयोग गर्नु राम्रो हो ।’      वडा कार्यालयबाट न्यानो कपडा पाएपछि भगरैयाकी मन्टुर्नी चौधरी खुसी भएकी छन् । ‘यस वर्ष निकै चिसो भयो, यस्तो चिसोमा वडा कार्यालय र गाउँपालिकाले पनि न्यायो लुगा वितरण गरे’, उनले भनिन्, ‘यसले थोरै भए पनि राहत मिलेको छ ।’ रुन्चे थारुले लुगासमेत किन्न नसक्ने नागरिकलाई पालिकाको सहयोगले सजिलो भएको बताए ।      स्थानीयवासी निर्मला थापाले स्थानीय सरकारले गरेका सहयोगले लुगा नभएका र किन्न नसक्नेलाई बढी लाभ भएको बताइन् । ‘कति मानिसले ओढ्ने सलसमेत किन्न सकेका छैनन्, लुगा नभकाले पराल ओच््छ्याएर सुत्ने गरेका छन’, उनले भनिन्, ‘यो सहयोगले ठूलो राहत भएको छ ।’ चिसो बढेपछि कैलालीको जानकी, जोशीपुर गाउँपालिका, टीकापुर र भजनी नगरपालिकाका विभिन्न वडामा पनि न्यानो लुगा वितरण गरिएका छन् । पालिकाले यसका साथै विभिन्न चोकचोकमा दाउरा वितरणका लागि सामुदायिक वनसँग सहकार्यलगायत कार्यसमेत गरेको छ । जोशीपुर गाउँपालिका– १ का वडाध्यक्ष विधिराम चौधरीले गाउँपालिकाले वडास्तरमा विपन्न तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, कपडा वितरण गर्ने कार्य गरेको बताए ।      ‘हामीले बर्सेनि यस्ता कार्यक्रम गर्दै आएका छौँ, ज्येष्ठ नागरिक त्यसमा पनि विपन्नलाई सहयोग हुन्छ भनी यी कार्यक्रम निरन्तर भइरहेका छन्’, उनले भने, ‘यस्ता कार्यक्रम पालिकास्तरमै हुने गरेका छन् ।’ टीकापुर नगरपालिकाले पनि वडास्तरमा न्यानो लुगा, टर्च, छाताजस्ता सामान ज्येष्ठ नागरिकलाई वितरण गरेको छ । रासस

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

जुम्लाको तातोपानी गाउँपालिका -६ का ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ । वडाध्यक्ष विशाल खड्काको पहलमा वडामा रहेका ज्येष्ठ नागरिक र एक महिलालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो ।

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

काठमाडौँ,२७ पुष । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं १६ का ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी । तस्बिरःदीपक बोहरा/रासस

विद्यार्थीलाई न्यानो कपडा वितरण

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीद्वारा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । उपल्लो तम्घास माविमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी...

एलिजा फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

काठमाडौं, २६ मंसिर । एलिजा फाउण्डेशनले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । फाउण्डेशनले तेह्रथुमको फेदाप गाउँपालिका–५ मा रहेको श्री सिंहदेवी आधारभुत विद्यालयका १२० जना विद्यार्थीहरुलाई आज न्यानो कपडा वितरण गरेको हो । फाउण्डेशनकी अध्यक्ष एलिजा गौतम र संरक्षक गीतादेवी भेटुवालले विद्यार्थीहरुलाई आज (सोमबार) आयोजित एक कार्यक्रमकाबीच ती न्यानो कपडा वितरण गरेका हुन् । फाउण्डेशनले […]

एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण

काभ्रेको भुम्लु गाउँपालिकाका १७ वटा सामुदायिक विद्यालयहरुका एक हजार भन्दा वढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।...

स्थानीय नहुँदा न्यानो कपडा वितरण कार्य प्रभावित

मनाङ – हिमाली जिल्ला मनाङमा न्यानो कपडा वितरण कार्य प्रभावित भएको छ । अत्याधिक चिसोका कारण अधिकांश स्थानिय जिल्ला छाडेर अन्यत्र गएपछि न्यानो कपडा वितरण कार्य प्रभावित भएको हो ।सरकारले हिमाली जिल्लाका विपन्न परिवारका लागि जिल्ला विपद् व्यवस्थापन समिति मार्फत न्यानो कपडा वितरण गर्ने कार्यक्रम भए पनि चिसो बढेसँगै स्थानिय नहुँदा कार्यक्रम प्रभावित भएको हो […]

हिमालयन बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

हिमालयन बैंकले धनकुटाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।बैंकको प्रदेश –१ को कार्यालयले धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भानु माविमा न्यानो कपडा वितरणसँगै वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको छ । बैंककको धरान शाखा र सेवक अभियानको संयुक्त आयोजनामा राजारानीको सामुदायिक विद्यालय पुण्य माविमा न्यानो कपडा वितरण गरिएको हो । बैंक तथा वित्तीय संस्थाका सेवा सम्बन्धी […]

सुकुम्वासी बस्तीमा न्यानो कपडा वितरण

पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा रहेको सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमूना स्काउटको आयोजना तथा कुश्मा नगरपालिका–७ को सहकार्यमा स्थानीयवासी झण्डै १०० जनालाई न्यानो कपडा वितरण गरिएको हो । स्थानीय क्विक रेस्क्यु फोर्सको सहकार्यमा पीडितको बस्तीमै पुगेर कपडा वितरण गरिएको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल (निर्जन)ले जानकारी दिए । स्थानीय बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने करि

न्यून दृष्टियुक्त विद्यार्थीलाई न्यानो कपडा वितरण

पाल्पा, ४ पुस: पाल्पामा न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आदर्श मगर सेवा समिति गुठी, पाल्पाले तानसेनस्थित दमकडा नमूना माविका २४ जना न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । समितिका सल्लाहकार होमबहादुर थापाले जाडोको मौसम सुरु भएसँगै न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो बनाई अध्ययनलाई सहजता ल्याउन कपडा वितरण […]

शिवम् सिमेन्टद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

काठमाडौं । शिवम् सिमेन्टले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।शिवम् सिमेन्टले आफ्नो उद्योग संचालित क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको जनाएको छ । श्री त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५०० भन्दा बढि विद्यार्थीहरुको लागि स्वीटर तथा ट्र्याकसुट वितरण गरेको हो । &ldq