सुदूरपहाडी जिल्लामा सञ्चालनमा आएनन् सुपथ मूल्य पसल

असोज १३, बैतडी । चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेपनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । प्रदेशअन्तर्गत कैलालीको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीले जानकारी दिएको छ । ती स्थानमा यही असोज २ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको कार्यालय प्रमुख तथा नायव कार्यकारी अधिकृत केशवप्रसाद पाण्डेले जानकारी दिए । विगतका वर्षमा दशैँतिहार, छठसहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो । कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दशैँतिहार तथा छठलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो ।  पहाडी जिल्लामा तत्काल सुपथमूल्य पसल सञ्चालन गर्ने सम्भावना नरहेको उनको भनाइ छ । आन्तरिक राजस्व कार्यालयले अनलाइन बिलिङ काटेर मात्रै सामग्री विक्री गर्न भन्ने गरेको र सबै ठाउँमा जनशक्ति, कम्प्युटर, सफ्टवेयर र इन्टरनेटलगायत सुविधा नभएकाले अन्य स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिने बताइएको छ । उनले भने, ‘अनलाइन बिलिङ काट्नुपर्ने अवस्था छ, हामीसँग जनशक्ति नहुँदा पहाडी जिल्लामा त्यो सम्भव छैन ।’ पहाडी जिल्लामा सुपथ मूल्य पसल सञ्चालनका लागि सम्बन्धित पालिकाले चाँसो देखाउनुपर्ने उनले बताए । ‘कुनै स्थानीय तहले सुपथ मूल्य पसल सञ्चालन गर्छु भनेर आउँछ भने हामीले खाद्यान्न सामग्री उपलब्ध गराउँछौ, हामी आफैंले सञ्चानल गर्न सम्भव छैन ।’ पालिकाहरुले सुपथ मूल्य पसल सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस मागेर कर्पोरेसनमा गयो भने सामग्री उपलब्ध गराउनेछ ।  चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि सञ्चालनमा नआउँदा यस क्षेत्रका उपभोक्ता बजारबाट महँगो दरमा सामान किन्न बाध्य भएका छन् । सुपथ मूल्य पसलमा बाहिर बजारको भन्दा सहुलियत मूल्यमा चिनी, नून, चामल, दाल, साबुन, तेल, चिउरालगायतका अन्य खाद्य सामग्री किन्न पाइन्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगामी कात्तिक २४ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिइको छ । यसैबीच कैलालीको अत्तरिया र धनगढीमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा पनि चिनीको अभाव रहेको प्रमुख पाण्डेले बताए  ।  उनले भने, ‘माथिबाटै चिनी आएको छैन, हाम्रो केन्द्रीय कार्यालयमै चिनीको अभाव छ, त्यसैले चिनीबाहेकका अन्य खाद्य सामग्री विक्री गरिरहेका छौं ।’ रासस

सम्बन्धित सामग्री

चाडबाडलक्षित सुपथ मूल्य पसल कहिलेबाट ?

हरके वर्षजस्तै सरकारले चाडपर्वकेन्द्रित सहुलियत (सुपथ) मूल्य पसल यो वर्ष २१ असोजबाट सञ्चालन गर्दै छ । उपभोक्तालाई राहत दिन, आपूर्ति व्यवस्थापन सहज बनाउन र बजारमा हुन सक्ने मूल्यवृद्धि रोक्न सरकारी स्वामित्वका...

२१ असोजबाट सुपथ मूल्य पसल

हरके वर्षजस्तै सरकारले चाडपर्वकेन्द्रित सहुलियत (सुपथ) मूल्य पसल यो वर्ष २१ असोजबाट सञ्चालन गर्ने भएको छ । उपभोक्तालाई राहत दिन, आपूर्ति व्यवस्थापन सहज बनाउन र बजारमा हुन सक्ने मूल्यवृद्धि रोक्न सरकारी...

सुदूरपश्चिममा छैनन् सुपथ मूल्य पसल

दसैँ सुरु भए पनि सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा आएका छैनन् । सरकारले दसैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दसैँ सुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भए पनि यस वर्ष कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन आउन सकेन । साल्ट्र ट्रेडिङ कर्पोरेशन धनगढी प्रदेश कार्यालयका निमित्त प्रमुख तेजबहादुर कुँवरले यस वर्ष साल्ट्र टे«डिङसँग नुनबाहेक अन्य सामान नहुँदा सुपथ मूल्य पसल सञ्चालनमा नआएको बताए । “सुदूरपश्चिममा कैलालीमा मात

सञ्चालनमा आएनन् सुपथ मूल्य पसल

दोधारा चाँदनी– दसैँ सुरु भए पनि सुदूरपश्चिममा सुपथ मूल्य पसल  आएका छैनन् । सरकारले दसैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दसैँ सुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भए पनि यस वर्ष कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन आउन सकेन ।  साल्ट्र ट्रेडिङ कर्पोरेशन धनगढी प्रदेश कार्यालयका निमित्त प्रमुख […]

सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले भदौको तेस्रो सातादेखि सुपथ मूल्य पसल सञ्चान गर्ने भएको छ । दसैं, तिहार र छठलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना तयार गरेको छ । प्रत्येक वर्ष चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता […]

सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । चाडपर्व नजिकिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । सरकारले प्रत्येक वर्ष चाडपर्वमा खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको खपत बढी हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्ने गर्छ […]

सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनबारे अन्योलता

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सुपथ मूल्य पसल सञ्चालनमा अन्योलता देखिएको छ । सरकारले आजदेखि दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भने पनि यहाँ भने सञ्चालनमा आएका छैनन् । सुपथ मूल्य पसल सञ्चालनका लागि पत्र नआउँदा कहिलेदेखि सञ्चालनमा आउने भन्ने टुङ्गो नलागेको हो । विगत वर्षमा दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराइँदै

आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा

सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएकाे हाे । सुपथ मूल्य सपसमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ ।

सुपथ मूल्य पसल असोज १ देखि

काठमाडौं, भदौ २८। सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । नजिकिँँदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशभर ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । कम्पनीले […]

चाडपर्वलक्षित सुपथ मूल्य पसल एक असोजदेखि

सरकारले मुख्य चाड दसैं, तिहार र छठलाई लक्षित गरेर आगामी १ असोजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी १ असोजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्नका लागि तयारी गरिएको जानकारी दिएको छ । मन्त्रालयका सचिव दिनेश […]