खेतीको समयमा नै मल नपाउँदा सर्लाहीका किसान चिन्तित

पुस ११, सर्लाही । यहाँका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ । जिल्लामा अहिले गहुँबालीको समय रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा आफूहरुको मेहनत खेर जानेचिन्ता बढेको किसान रामपुकार महत्तोले गुनासो गरे । मलखाद नपाएर किसानलाई बाली विग्रिने चिन्ताले सताएको छ । यहाँ मलखादका विक्रेताले मलखाद चर्को मूल्यमा बाहिरै बेच्ने गरेको किसानको आरोप छ ।  सर्लाहीमा युरिया एक हजार बोरा र डिएपी ८०० बोरा आयात भएकामा युरियाप्रति बोरा रू. ८१५ र डिएपी मल प्रतिबोरा रू. दुई हजार २६५ मा सहकारी संस्थामार्फत विक्रीवितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख दीपक थापा मगरले बताए ।  उनका अनुसार स्थानीय निकायको सिफारिसमा आएका डिलरलाई कार्यालयमा आएको मल दामासाहीले वितरण गरिएको छ । डिलरवालाले सरकारी अनुदानमा पाएको मलखाद चर्को मूल्यमा विक्रीवितरण गरिरहेको किसानको आरोप छ ।  सरकारी अनुदानको मलखाद जिल्लाका ग्रामीण क्षेत्रमा रहेका किराना पसलदेखि औषधि पसलमा समेत खुलेआम चर्को मूल्यमा विक्रीवितरण भइरहेको किसानले बताएका छन् ।  जिल्लामा सरकारी अनुदानमा आएको युरिया मल अहिले प्रतिबोरा रू. एक हजार २०० देखि रु एक हजार ५०० र डिएपी मल रू. तीन हजारदेखि रू. तीन हजार ५०० सम्ममा किन्न बाध्य भएका छन् ।  कृषि सामग्री कम्पनी लिमिटेडले विक्री वितरण गरेको मलको वस्तुगत अवलोकन तथा अनुगमन गर्नुपर्ने स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय निष्क्रिय भएका कारण अहिले आफूहरुले चर्को मूल्यमा मलखाद खरीद गर्नुपरेको उनीहरुको आरोप छ ।  कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय निकायले सिफारिस गरेका कृषि सहकारीलाई सरकारी दरमा मल दिएको जनाउँदै अनुगमनको काम आफ्नो नभएको भन्दै पञ्छिने गरेको छ ।  जिल्लामा रहेका २० पालिकाले सिफरिस गरेका १७० कृषि सहकारीमार्फत कार्यालयले मल वितरण गरी रहेको छ । रासस

सम्बन्धित सामग्री

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

काठमाडौं – लामो समयसम्म हिउँदे वर्षा नहुदाँ दोलखाका हिउँदे खेतीका किसान समस्यामा परेका छन्। जिल्लाको माथिल्लो क्षेत्रमा हिउँदे आलु रोप्ने समय सुरु भए पनि समयमै वर्षा नहुदाँ जिल्लाका किसान चिन्तित बनेका हुन्। दोलखाको एवोका किसानलाई आलु रोप्नको लागि हिजोआज भ्याइनभ्याई छ। बाझो बारी खन्ने, मल बोक्ने तथा आलुको बिउको जोहो गरेर आलु रोप्न तमतयारका साथ […]

मल अभाव हुँदा चिन्तामा किसान

सिन्धुपाल्चाेक- सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ। खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन्। ‘खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन। मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ’, इन्द्रावती-१२ का अबिन्द्र दनुवारले दुःखेसो पोखे। उनीजस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान भएका छन्। मल नहाली धान उत्पादन नहुने हुनाले […]

लामो खडेरीले किसान चिन्तित, धान बाली सुक्ने अवस्थामा

सर्लाही । सर्लाहीलगायत तराई मधेयसमा लामो खडेरी पर्दा किसान चिन्तित भएका छन् । यस वर्षको मनसुन सुरुवात भएदेखि नै मुल फुट्ने गरी पानी पर्न सकेको छैन । किसानले लगाएको धान बाली सुक्न थालेको छन । पानीको अभावमा किसानले लगाएको धानमा खेत चिरा पसेको छ । धान रोपेर गोडमेल तथा मल हाल्ने बेला भएको बेलामा पानी […]

मल नपाउँदा किसान चिन्तित

रुपेन्द्र पटेलरौतहट : रासायनिक मल नपाउँदा धान उत्पादनमा कमी आउने सक्ने भन्दै किसान चिन्तित हुन थालेका छन्।नेपाल सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन नसक्दा धान उत्पादनमा कमी आउने भएको हो। रौतहटको उत्तरी भेग चन्द्रपुर नपा–२ का किसानले अझै पनि आवश्यक रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन्।धानखेतीमा जेनतेन सहकारी संस्थाले थोरै तिनो हाले पनि उखु खेतीमा खाद हाल्न नपाएको रणबहादुर अधिकारी बताउँछन्। यतिवेला मल हाले मात्रै उखु फल्ने गर्दछ। अधिकांश उखु किसानले चाहे जति रासायनिक मल पाएका

पर्वतमा रासायनिक मलको अभाव, किसान  चिन्तित

पर्वत- रासायनिक मल विनै धान रोपाइँ गरेका जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निराश बनेका छन् । रासायनिक मल हाल्न नपाउँदा धान पहेँलिन थालेको जनाउँदै उनीहरू चिन्तित बनेका हुन् । बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा धान नै सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म […]

रोपाइँ हुने पानी नपरेको भन्दै किसान चिन्तित

म्याग्दी : मध्य असार हुनै लाग्दा पनि मल र पानीको अभावले म्याग्दीका किसानले धान रोपाइँ गर्न सकेका छैनन्। धान रोप्ने बेलासम्म पनि पर्याप्त पानी नपरेको र रासायनिक मल नपाइएकोले किसानहरु समस्यामा परेका हुन्। व्याडमा बिऊ हुर्केर छिप्पिन लागेको छ, रोपाइँका लागि पर्याप्त पानी पनि परेको छैन,रासायनिक मल पनि बजारमा अझै पाइएको छैन, विमिराबोटका किसान नारायण सापकोटाले भने ‘मल पनि पाइँदैन,पानी पनि आउँदैन, के गरेर रोपाइँ गर्ने हो?’यस्तै, अर्को किसान सुरेन्द्र थापा पनि मल र पानी पर्खेर बसेको बता

धान रोप्ने बेला मलको अभाव, रित्तो हात फर्कनुपर्दा किसान चिन्तित

रासस। धान खेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन्। महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागेपनि मल नपाउँदा रित्तो हात फर्किनुपरेको छ। “मलखाद चाहियो भनेर किसानले कार्यालय नै घेराउ गर्नसमेत पछि पर्दैनन्। माथिबाटै थोरै मलखाद आउँछ, सबैतिर दिँदा पुग्दैन,” कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले भने।

रासायनिक मल नपाउँदा किसान चिन्तित

धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् ।  महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात फर्किनुपर्छ । कृषि सामग्री कम्पनी लिमिटेडले भने किसानको मागअनुसारको मलखाद उपलब्ध गराउन नसकेको बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले किसान मलखादका लागि आउने गरेका भए पनि रित्तै फर्काउनु परेको जानकारी दिए । ‘मात्रै मलखाद चाहियो भनेर किसानले कार्यालय नै घेराउ गर्न समेत पछि पर्दैनन्,&...

सल्यानमा रासायनिक मलको अभाव, किसान चिन्तित

सल्यान । सल्यानमा धमाधम रोपाइँ शुरु भइरहेका बेला रासायनिक मलको अभाव हुँदा किसान चिन्तित हुन थालेका छन् । धान र मकैमा मल हाल्ने बेला हुँदासमेत माग अनुसारको रासायनिक मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउपालिका–६ का किसान हेर्मलाल बोहराले बताए । अहिले चार पाँच जना किसानले एकबोरा मल बाँडेर लिनुपर्ने बाध्यता रहेको किसानले बताएका छन् । […]

रासायनिक मल नपाउँदा किसान आक्रोशित

यहाँ रोपाइँ शुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् । किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका हुन् । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मल ल्याउन नसक्दा समस्या भएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार जिल्लामा कम्तीमा पनि १