हेलम्बु गाउँपालिकाले काेराेना खाेप खरिदका लागि अनुमति दिन सङ्घीय सरकारसँग माग गर्‍याे

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि अनुमति दिन सङ्घीय सरकारसँग माग गरेको छ । पालिकाले आफैँ खोप किन्ने निर्णय गर्दै सरकारसँग खरिद अनुमति मागेको हो ।  कोभिड–१९ को दोस्रो लहरपछि सङ्क्रमित बढेसँगै हेलम्बुवासीको जीवन रक्षा गर्न पालिकाकै स्रोत–साधनले खोप किन्न अनुमति मागेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।  अध्यक्ष शेर्पाका अनुसार झन्डै २० हजार जनसङ्ख्या रहेको हेलम्बुमा केही वैदेशिक रोजगारीमा रहेको र केहीले खोप ल...