चौदण्डीगढीमा सुविधा सम्पन्न नयाँ स्वास्थ्य चौकी भवन

चालु आर्थिक वर्षमा माथिल्लो तला थपेर कर्मचारी निवास बनाउने र २४ सै घण्टा स्वास्थ्य सुविधा उपलब्ध गराउने योजनाका साथ भवन बनाइएको वडाध्यक्ष प्रकाश राउतले बताए।...

सम्बन्धित सामग्री

ठेकेदारको लापरबाहीले स्वास्थ्य चौकी भवन अलपत्र

ठेकेदारले समयमै स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न नगर्दा खोटाङको बाहुनीडाँडामा स्वास्थ्य सेवा प्रवाह प्रभावित भएको छ । गौरी पार्वती न्यू टेक्निकल जेभी ललितपुरको चरम ढिलासुस्तीका कारण स्वास्थ्य चौकी भवन निर्माणको काम अलपत्र पर्दा स्वास्थ्यकर्मी भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न बाध्य छन् । हाल स्थानीय झोक्रे राईको घरको दुईवटा कोठा भाडामा लिएर स्वास्थ्य […]

भिमापोखरा स्वास्थ्य चौकी : भवन बन्यो, प्रयोगमा आएन

बागलुङ  : स्वास्थ्य चौकीको प्राङ्गण चिरा–चिरा परेको छ। स्वास्थ्य चौकीको प्रवेशद्वारा  अघि तितेपाती झार उम्रेको छ। छतमा गरेको प्लाष्टर उप्किएको छ  भने केही विद्युतीय संरचनाहरु तोड÷फोड समेत गरिएको छ।यो दृश्य बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखरा स्वास्थ्य चौकीको नव निर्मित भवनको हो।समयमै स्वास्थ्य चौकीको भवन सम्पन्न नहुँदा साँघुरो भवनबाट जनतालाई स्वास्थ्य सेवा दिन बाध्य भएको छ भिमापोखरा स्वास्थ्य चौकी।स्वास्थ्य चौकीका कोठामा एक वर्ष देखि ताला लगाइएको छ।

स्वास्थ्य चौकी भवन पहिरोको जोखिममा

बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्य चौकी पहिरोकाे उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्य चौकी भवन पहिरोको जोखिममा परेको हो । विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिराे जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । रु दुई करोड तीन लाखम

स्वास्थ्य चौकी भवन निर्माणका लागि लाखौँको जमिन निःशुल्क दान

रौतहटको माधव नारायण नगरपालिकामा एक जनाले वडामा स्वास्थ्य चौकी भवन निर्माणका लागि निःशुल्क जमिन उपलब्ध गराएका छन्।...

चार वर्षदेखि स्वास्थ्य चौकी भवन अलपत्र

म्याग्दी-निर्माण व्यवसायीको लापरबाहीका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । चार वर्षअघि निर्माण सुरु भएको स्वास्थ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाहसमेत प्रभावित भएको हो ।१८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरबाहीका कारण भवन अलपत्र परेको […]

म्याग्दीको स्वास्थ्य चौकी भवन अलपत्र, सेवाग्राही मर्कामा

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ।  चार वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित भएको छ। १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरबाहीका कारण भवन अलपत्र परेको स्थानीयवासी भीम छन्त्यालले बताए।  ‘ठेकेदारकै कारण यो भवन बन्न सकेको छैन। दुई वर्षअघि नै बनिसक्नुपर्ने हो,’ उनले भने

हुम्लाको लिमीमा सुविधा सम्पन्न नयाँ स्वास्थ्य चौकी

सिमकोट– हुम्लाको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीमा सुविधा सम्पन्न प्रसूति गृहसहितको स्वास्थ्य चौकी भवन निर्माण भएर सञ्चालनमा आएको छ। स्वास्थ्य चौकी सञ्चालनमा आएपछि लिमीका तीन गाउँका स्थानीयलाई उपचारमा सहज हुन भएको छ। लिमीका स्थानीय पेमा तामाङले नयाँ र आधुनिक सुविधासहितको स्वास्थ्य चौकी सञ्चालनमा आउँदा लिमीका स्थानीयले सहज रुपमा स्वास्थ्य उपचार सेवा पाउने भएको […]

स्वास्थ्य चौकी भवन थोत्रिन लाग्दा पनि आएन सञ्चालनमा

धनकुटा : पूर्वी पहाडी जिल्ला तेह्रथुममा स्वास्थ्य चौकी बनेको २ वर्ष बित्न लाग्दा पनि सञ्चालनमा आएको छैन।तेह्रथुमको छथर गाउँपालिका वडा–४ मा रहेको फाक्चामारा स्वास्थ्य चौकीको बनाइएको नयाँ भवन सञ्चालनमा नआएको हो। स्वास्थ्य चौकी भवन शहरी विकास मन्त्रालयको १ करोड ३९ लाख लगानी निमार्ण कार्य सम्पन्न भएको थियो।स्वास्थ्य चौकी भवन तयार भएसँगै ०७६ साल पुस २६ गते छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले उदघाटन गरेका थिए। दुईतले पक्की भवन यतिबेला झाडीले ढाकेको छ। प्रयोगमा नआउँदा भवन

शुरूआत गरिएको ६ वर्षसम्म बनेन स्वास्थ्य चौकी भवन

पाल्पा जिल्लाकोे रैनादेवी छहरा गाउँपालिका–५ स्थित मुझुङ्ग स्वास्थ्य चौकी भवन ६ वर्षसम्म सम्पन्न हुन सकेको छैन । ५१ लाख रुपैयाँ लगानीमा विक्रम संवत् २०७२ सालमा निर्माण शुरूआत गरिएको भवन निर्माणको जिम्मा डीवी कन्सट्रक्सनले लिएको थियो । क्रमागत बजेटमा काम थालेको र पहिलो वर्ष काम भए पनि दोस्रो वर्षदेखि हालसम्म काम रोकिएको स्थानीय वासिन्दा पदम सोमैले जानकारी दिए । ६ वर्षका अवधिमा स्वास्थ्य चौकी निर्माणाधीन क्षेत्रमा घाँसको झाडी मात्र छ । तत्कालीन शान्ति मन्त्रालयको बजेटमार्फत सञ्चालित आयोजना कुन मन्त्रालयले काम गर्ने भन्ने अझ...

स्वास्थ्य चौकी बनाउने बजेटबाट ‘सुँगुरको खोर’

बारा : बारामा स्वास्थ्य चौकी भवन निर्माण गर्न छुट्याइएको सरकारी रकम चरम दुरुपयोग भएको छ।संघीय सरकारको स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्तर्गत जितपुरसिमरा उपमहानगरको १५ वटा वडामा स्वास्थ्य चौकी भवन निर्माण गर्दा सरकारी रकमको चरम दुरुपयोग भएको भेटिएको हो।१५ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गर्न करिब ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। सो बजेटबाट जीतपुरसिमराले गत आर्थिक वर्षको चैत अन्तिम साता सूचना निकालेर जेठदेखि निर्माण थालेको हो।नगरपालिकाले प्रति स्वास्थ्य कार्