भिमापोखरा स्वास्थ्य चौकी : भवन बन्यो, प्रयोगमा आएन

बागलुङ  : स्वास्थ्य चौकीको प्राङ्गण चिरा–चिरा परेको छ। स्वास्थ्य चौकीको प्रवेशद्वारा  अघि तितेपाती झार उम्रेको छ। छतमा गरेको प्लाष्टर उप्किएको छ  भने केही विद्युतीय संरचनाहरु तोड÷फोड समेत गरिएको छ।यो दृश्य बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखरा स्वास्थ्य चौकीको नव निर्मित भवनको हो।समयमै स्वास्थ्य चौकीको भवन सम्पन्न नहुँदा साँघुरो भवनबाट जनतालाई स्वास्थ्य सेवा दिन बाध्य भएको छ भिमापोखरा स्वास्थ्य चौकी।स्वास्थ्य चौकीका कोठामा एक वर्ष देखि ताला लगाइएको छ।