म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ। चार वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित भएको छ। १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरबाहीका कारण भवन अलपत्र परेको स्थानीयवासी भीम छन्त्यालले बताए। ‘ठेकेदारकै कारण यो भवन बन्न सकेको छैन। दुई वर्षअघि नै बनिसक्नुपर्ने हो,’ उनले भने