पाल्पा जिल्लाकोे रैनादेवी छहरा गाउँपालिका–५ स्थित मुझुङ्ग स्वास्थ्य चौकी भवन ६ वर्षसम्म सम्पन्न हुन सकेको छैन ।
५१ लाख रुपैयाँ लगानीमा विक्रम संवत् २०७२ सालमा निर्माण शुरूआत गरिएको भवन निर्माणको जिम्मा डीवी कन्सट्रक्सनले लिएको थियो ।
क्रमागत बजेटमा काम थालेको र पहिलो वर्ष काम भए पनि दोस्रो वर्षदेखि हालसम्म काम रोकिएको स्थानीय वासिन्दा पदम सोमैले जानकारी दिए ।
६ वर्षका अवधिमा स्वास्थ्य चौकी निर्माणाधीन क्षेत्रमा घाँसको झाडी मात्र छ । तत्कालीन शान्ति मन्त्रालयको बजेटमार्फत सञ्चालित आयोजना कुन मन्त्रालयले काम गर्ने भन्ने अझ...