१५ यात्रु बोकेर भोजपुर उडेको विमान काठमाडौं फर्काइयो

काठमाडौं, २ मंसिर । भोजपुरका लागि १५ यात्रु बोकेर उडेको टिइनअटर विमान काठमाडौं फर्काइएको छ । बायु सेना निगमको टिइनअटर फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाज भाइब्रेसन हुन थालेपछि काठमाडौं फर्काइएको हो । शुक्रबार बिहान पौने ७ बजे उडेको निगमको अल्फा ब्राभो युनिफर्म टुइनटरमा समस्या देखिएको हो ।  

सम्बन्धित सामग्री

पोखरा विमान दुर्घटनापछि काठमाडौं-सिमरा रूटमा हवाई यात्रु घटे

बारा । बाराको सिमरा विमानस्थलबाट काठमाडौंमा हुने दैनिक उडान र यात्रु संख्यामा कमी आएको छ । काठमाडौं–सिमरा उडान गर्दै आएका बुद्ध एयर र यति एयरलाइन्सले यात्रु संख्यामा कमी आएपछि उडान घटाएका हुन् । पोखरामा यति एयरको विमान दुटना भएपछि सिमरा रुटमा पनि यात्रुकाे संख्या घटेको हो । यात्रु संख्यामा कमी आएपछि यति र वुद्ध एयरले […]

तालमा खस्यो विमान, १९ जनाको मृत्यु

काठमाडौं : तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरिया तालमामा विमान दुर्घटना भएको छ।दार ए सलामबाटबाट उडेको विमान लेकसाइड सहर बुकोबामा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएर तालमा खसेको थियो  विमानमा ४३ जना यात्रु रहेको जनाइएको छ। उद्धारकर्ता र माझीहरूले विमानभित्र फसिरहेकाहरूलाई बाहिर निकालेका छन्। विमान दुर्घटना भएपछि एकजना उडान परिचरले पछाडिको ढोका खोलेपछि यात्रु बच्न सफल भएको उनीहरूले बताएका छन्

भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ । टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए । फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान  ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए

तारा एयर विमान दुर्घटना : मृतकको शव काठमाडौं ल्याइने, आजै छानबिन समिति गठन गरिने

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका यात्रु र चालक दलको शव आजै काठमाडौं ल्याइने भएको छ। आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना भएको थियो। मुस्ताङको थासाङस्थित कोवाङ नजिकै सानुसरेमा भएको दुर्घटनामा दिवंगत यात्रु र चालकदलको शव ल्याउनका लागि उद्धार टोली पुग्न भने बाँकी नै रहेको…

१९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं :  पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ।बिहान करिब ९ बजेर ५५ मिनेटमा उडेको विमान १०: १५ बाट सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार विमानमा १९ यात्रु सवार थिए। यसबारे थप विवरण आउन बाँकी छ।

नेपालगञ्जमा आकस्मिक अवतरण गरेको विमान काठमाडौं आइपुग्यो

काठमाडौं : नेपालगञ्जमा आकस्मिक अवतरण गरेको बुद्ध एयरको विमान काठमाडौँ आइपुगेको छ। धनगढीबाट काठमाडौँका लागि उडेको २५२ कलसाइनको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको थियो।नेपालगञ्जमा केहीबेर होल्ड भएको जहाज बिहान ११ बजेर १३ मिनेटमै काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो।विमानस्थलमै स्वास्थ्य जाँच गरिएपछि ती यात्रु ठिक छ भन्दै आफन्तसहित बाहिरिएका थिए।

चीनमा १२३ यात्रु र चालक दलका ९ सदस्य बोकेको विमान दुर्घटनाग्रस्त

काठमाडौं– चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । दक्षिणी चीनको कुन्मिङ शहरबाट ग्वाङ्झाउका लागि उडान भरेको चाइना इष्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्शी प्रान्तको वुझोउ पहाडी इलाकामा दुर्घटनामा परेको हो । विमानमा १२३ यात्रु र चालक दलका ९ सदस्य रहेको चीनको नागरिक उड्ययन प्रशासनले जानकारी दिएको छ । दुर्घटना भएको क्षेत्रमा आगलागी समेत […]

चीनमा १३२ यात्रुसहितको विमान दुर्घटना

काठमाडौं । चीनमा १३२ यात्रु बोकेको विमान दुर्घटना भएको छ । एमयू ५७३५ विमान दक्षिणपश्चिम चीनको युनान प्रान्तको कुनमिङ शहरको चाङसुई विमानस्थलबाट आज १ बजेर १५ मिनेट जाँदा उडेको थियो । ३ बजे ग्वाङ्डोङ प्रान्तको ग्वाङ्झाउ पुग्नु पर्ने थियो । तर, त्यसअघि नै दुर्घटना भएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । विमानमा सवार १३२ […]

चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना

७ चैत, काठमाडौं । चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ । १३३ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने खुलेको छैन । कुन्मिङ […]

पत्रकारलाई पक्राउ गर्न १७१ यात्रु सवार विमान डाइभर्ट

काठमाडौं : बेलारुसले ‘पत्रकार’ पक्राउ गर्न ग्रिसबाट लिथुआनियाका लागि उडेको विमान डाइभर्ट गरेको छ।  र्‍यान एअरको विमान हिजो केही घण्टाका लागि बेलारुस डाइभर्ट गरिएको हो। युरोपेली देशहरुले यसका लागि बेलारुसको तीव्र आलोचना गरेका छन्। बेलारुसले आतंकवादी गतिविधि गरेको आरोप उनीहरुले लगाएका छन्। विमानमा ति पत्रकारसहित १ सय ७१ यात्रु सवार थिए। द नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोतासेविकलाई नियन्त्रणमा लिएपछि मात्रै विमानलाई गन्तव्यतर्फ उडान गर्न दिइएको थियो। विमान