१९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं :  पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ।बिहान करिब ९ बजेर ५५ मिनेटमा उडेको विमान १०: १५ बाट सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार विमानमा १९ यात्रु सवार थिए। यसबारे थप विवरण आउन बाँकी छ।