तालमा खस्यो विमान, १९ जनाको मृत्यु

काठमाडौं : तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरिया तालमामा विमान दुर्घटना भएको छ।दार ए सलामबाटबाट उडेको विमान लेकसाइड सहर बुकोबामा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएर तालमा खसेको थियो  विमानमा ४३ जना यात्रु रहेको जनाइएको छ। उद्धारकर्ता र माझीहरूले विमानभित्र फसिरहेकाहरूलाई बाहिर निकालेका छन्। विमान दुर्घटना भएपछि एकजना उडान परिचरले पछाडिको ढोका खोलेपछि यात्रु बच्न सफल भएको उनीहरूले बताएका छन्