पत्रकारलाई पक्राउ गर्न १७१ यात्रु सवार विमान डाइभर्ट

काठमाडौं : बेलारुसले ‘पत्रकार’ पक्राउ गर्न ग्रिसबाट लिथुआनियाका लागि उडेको विमान डाइभर्ट गरेको छ।  र्‍यान एअरको विमान हिजो केही घण्टाका लागि बेलारुस डाइभर्ट गरिएको हो। युरोपेली देशहरुले यसका लागि बेलारुसको तीव्र आलोचना गरेका छन्। बेलारुसले आतंकवादी गतिविधि गरेको आरोप उनीहरुले लगाएका छन्। विमानमा ति पत्रकारसहित १ सय ७१ यात्रु सवार थिए। द नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोतासेविकलाई नियन्त्रणमा लिएपछि मात्रै विमानलाई गन्तव्यतर्फ उडान गर्न दिइएको थियो। विमान