नेपालगञ्जमा आकस्मिक अवतरण गरेको विमान काठमाडौं आइपुग्यो

काठमाडौं : नेपालगञ्जमा आकस्मिक अवतरण गरेको बुद्ध एयरको विमान काठमाडौँ आइपुगेको छ। धनगढीबाट काठमाडौँका लागि उडेको २५२ कलसाइनको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको थियो।नेपालगञ्जमा केहीबेर होल्ड भएको जहाज बिहान ११ बजेर १३ मिनेटमै काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो।विमानस्थलमै स्वास्थ्य जाँच गरिएपछि ती यात्रु ठिक छ भन्दै आफन्तसहित बाहिरिएका थिए।

सम्बन्धित सामग्री

लामीडाँडा विमानस्थलमा सात हेलिकोप्टर आकस्मिक अवतरण

खोटाङ- काठमाडौंबाट सोलुखुम्बुका लागि उडान भरेका सात हेलिकोप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टर खराब मौसमका कारण आज बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । खराब मौसमका कारण बिहान आठ बजेदेखि दिउँसो एक बजेसम्म सात हेलिकोप्टरले आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक […]

मुस्ताङ उडेको समिट एयरको जहाज पोखरामा आकस्मिक अवतरण

मुस्ताङ उडेको समिट एयरको विमान पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । कास्कीका एसपी अजय केसीका अनुसारे उडेको केही मिनेटमा जहाज आकस्मिक अवतरण गरिएको थियो । प्राविधिक समस्या देखिएका कारण आकस्मिक अवतरण गरिएको वताइएको छ । जहाज बिहान ७ बजेर ५९ मिनेटमा पोखराबाट मुस्ताङका लागि उडेको थियो । विमानमा १८ प्यासेन्जर यात्रारत थिए । विमान र यात्रु सुरक्षित छन् ।

श्रीएअरलाइन्सको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण

नेपालगञ्ज विमानस्थलमा आज श्रीएअरलाईन्सको जहाज आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जान लागेको ९ एन— एएनएफ ४३२ नं को श्रीएअरलाइन्सको जहाजको आकस्मिक अवतरण भएको हो । सो जहाजमा ७९ जना यात्रु […]

यतीको विमान पोखरामा आकस्मिक अवतरण

यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो । उडेको केही बेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो । पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः ५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो । उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो ।

श्री एयरलाइन्सको जहाज काठमाडौँमा आकस्मिक अवतरण

काठमाडौँ – काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । ८७ जना यात्रु बोकेर बुधबार धनगढीका लागि उडेको विमानको एक इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ बजेर ८ मिनेटमा त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरण गराइएको जहाजका सबै यात्रु […]

माइली चढेको विमानको आकस्मिक अवतरण

हलिउड गायिका माइली साइरस चढेको विमान खराब मौसमका कारण आकस्मिक अवतरण गरेको छ । माइती एक फेस्टिभलमा सहभागी हुन पराग्वे जाँदै थिइन् । पराग्वे जाँदै गर्दा बीचमा एक्कासी मौसम परिवर्तनसँगै चट्याङ पर्न थालेपछि तत्काललाई फेस्टिभलमा सहभागी हुने योजनालाई रोकेर विमानलाई आकस्मिक अवतरण गराइएको थियो । माइलीले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै यो कुराको जानकारी दिएकी छन् ।‘मेरा प्रशंसक र सबैका लागि जो मेरो उडानको चिन्तामा हुनुहुन्थ्यो । हामी चढेको विमान एक अप्रत्याशित तुफानमा फँस्यो र चट्याङको च

बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण

काठमाडौं, १ पुस । बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। जहाजको बायाँ इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। उडान नम्बर ३६० को जहाजमा १९ जना यात्रु सवार थिए। जहाजमा रहेका चलक दलका सदस्य र […]

फिस्टेलको हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौँ । फिस्टेल एयरको हेलिकप्टर सुनसरीको इनरुवामा आकस्मिक अवतरण गरिएको छ ।  काठमाडौँबाट विराटनगरका लागि उडेको हेलिकप्टर समयमा शनिवार साँझ ६ः४० मा इनरुवाको सखुवागाछी नजिक खाली जग्गामा आकस्मिक अवतरण भएको हो ।  तोकिएको समयमा विराटनगर नपुगेपछि एयर ट्राफिक कन्ट्रोलको निर्देशनअनुसार सखुवागाछी भन्ने ठाउँमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  हेलिकप्टरमा चालक दलका […]

धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण

मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएको हो ।आकस्मिकरूपमा अवतरण गर्ने हेलिकोप्टरमा मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन् । काठमाडौँमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको हो ।

गजुरीमा दुई हेलिकप्टर आकस्मिक अवतरण

धादिङ – मौसम खराबीका कारण धादिङको गजुरी बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरिएका छन् ।नेपालगञ्जबाट कोरोना भाइरसका बिरामी लिएर काठमाण्डाै आउँदै गरेका दुई हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएकाे हाे । आकस्मिक अवतरण गर्ने हेलिकप्टरमा मनाङ एअर र अल्टिच्युड कम्पनीका रहेका छन् ।काठमाण्डाैमा भिजिविलिटी कम भएकााले धादिङकाे गजुरीमा हेलिकप्टर आकस्मिक अवतरण गरिएकाे हाे ।