महाधिवेशन उद्घाटन स्थल निरीक्षण

नेकपा (एमाले)को १०औँ महाधिवेशन उद्घाटन हुने स्थल निरीक्षण गर्न बिहीबार नारायणी नदी किनारमा आएका महासचिव ईश्वर पोखरेललगायत शीर्ष नेता । तस्बिरः रासस

सम्बन्धित सामग्री

ड्रोन उडाएर विप्लवले गरे पार्टीको नवौँ महाधिवेशन उद्घाटन

काठमाडौं, २५ असोज । नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गरेका छन् । नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन उद्घाटन गरेका विप्लवले सांकेतिक विष्पोट र ड्रन उडाएर गरेका थिए । विप्लवलाई नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा राता ड्रेस लगाएका युवाले सलामी अर्पण गरेका थिए । […]

माओवादी केन्द्रको ८ औं महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन आइतवारदेखि काठमाडौंमा शुरू भएको छ ।  काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन उद्घाटन गरेका हुन् ।  उद्घाटन समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरू सहभागी छन् । महाधिवेशनको उद्घोषण माओवादी स्थायी कमिटी सदस्य एवं अर्थमन्त्री जनार्दन शर्माले गरिरहेका छन् ।  महाधिवेशन ५ दिनसम्म चल्ने शर्माले बताए ।

काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन

नेपाली काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन भएको छ । राजधानीको भृकुटीमण्डपमा हजारौँ नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकको उपस्थितिमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहको सभापतित्व पनि सभापति शेरबहादुर देउवाले गरेका छन् भने समारोहमा काँग्रेसका शीर्ष नेताहरुका साथै विभिन्न पार्टीका नेताहरुको सहभागिता रहेको छ । उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजव

कांग्रेस महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोह काठमाडौंको भृकुटीमण्डपमा जारी छ । पार्टीमा नयाँ नेतृत्व चयनका लागि कांग्रेसले महाधिवेशन आयोजना गरेको हो । आज उद्घाटन हुने महाधिवेशनमा भोलि उम्मेदवारी मनोनयनको कार्यक्रम छ । हेर्नुहोस्, लाइभ :

एमालेको दशौं महाधिवेशन उद्घाटन समारोहमा जे देखियो… [तस्वीरहरू]

नेकपा एमालेको दशौं महाधिवेशन उद्घाटन समारोह चितवनमा जे देखियो... तस्वीर सबै : ईशान सापकोटा

झण्डोत्तोलन गरेर ओलीले गरे महाधिवेशन उद्घाटन

एमाले अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर पार्टीको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गरेका छन् । नेपालको राष्ट्रिय झण्डा, कम्युनिस्ट पार्टीको झण्डा र सूर्य चिह्न अंकित झण्डा रिमोर्टमार्फत माथि उठाएर ओलीले महाधिवेशन उद्घाटन गरेका हुन् । चितवनको नारायणी नदी किनारमा अहिले एमाले महाधिवेशनको उद्घाटन समारोह जारी छ । बन्दसत्र भने भोलिदेखि सौराहामा हुनेछ ।

एमाले महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा शुरू भएको छ । महाधिवेशनको उद्घाटन समारोह नारायणी नदी किनारमा भइरहेको छ । समारोहमा सहभागी हुन देशभरबाट एमाले नेता/कार्यकर्ता चितवन पुगेका छन् । एमाले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि चितवन पुगेका छन् । हेर्नुस्, एमाले महाधिवेशन उद्घाटन समारोह :

यसरी हुँदैछ आज एमाले महाधिवेशन उद्घाटन

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ।महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ।‘पाँच लाख कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुनेछन्’, महाधिवेशन प्रचार समिति

तस्बिरमा एमाले विधान महाधिवेशन उद्घाटन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र लोगो अनावरण गरेर विधान महाधिवेशन उद्घाटन गरेका छन्। ललितपुरको गोदावरीस्थित सनराइज हलमा आजदेखी सुरु भएको अधिवेशनमा देशभरबाट ६ हजार प्रतिनिधि...