कांग्रेस महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोह काठमाडौंको भृकुटीमण्डपमा जारी छ । पार्टीमा नयाँ नेतृत्व चयनका लागि कांग्रेसले महाधिवेशन आयोजना गरेको हो । आज उद्घाटन हुने महाधिवेशनमा भोलि उम्मेदवारी मनोनयनको कार्यक्रम छ । हेर्नुहोस्, लाइभ :

सम्बन्धित सामग्री

यस्तो छ कांग्रेस महाधिवेशन उद्घाटन समारोहको चहलपहल (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको अहिले उद्घाटन समारोह चलिरहेको छ। भृकुटी मन्डपमा आयोजना भइरहेको उद्घाटनको समारोहमा विभिन्न राजनीतिक दलका नेता, विदेशी पाहुना र हजारौँको संख्यामा कार्यकर्ता तथा प्रतिनिधिहरुको उपस्थिति द‍ेखिएको छ।

कांग्रेस महाधिवेशन : उम्मेदवार छनोट पेचिलो बनेपछि प्रदेश १ को उद्घाटन स्थगन

विराटनगर  : उम्मेदवार छनोटको विषय पेचिलो बनेपछि नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को उद्घाटन समारोह स्थगित भएको छ।नेतृृत्व चयनका लागि नेताहरूले उम्मेदवार तय गर्न सकस भएपछि बिहीबार दिउँसो २ बजे हुने भनिएको उद्घाटन सत्र शुक्रबार बिहानसम्मका लागि स्थगन भएको हो।उद्घाटन सत्रमा सहभागी हुन प्रतिनिधिहरू कार्यक्रमस्थलमा उपस्थित भएको करिब साढे २ घण्टापछि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन स्थगित भएको जानकारी दिए।उम्मेदवार छनोटका लागि संस्थापन पक