एमाले महाधिवेशन : उद्घाटन समारोहका लागि नारायणी किनार पुगे नेता-कार्यकर्ता [फोटोफिचर]

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन केहीबेरमा उद्घाटन हुँदैछ । महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनार एमाले नेता, कार्यकर्ता र शुभचिन्तकले भरिभराउ भइसकेको छ । महाधिवेशनका लागि देशका सबैजसो जिल्लाबाट एमाले नेता/कार्यकर्ता नारायणगढ पुगेका छन् । चितवनका विभिन्न क्षेत्रबाट निस्किएका र्‍याली महाधिवेशन उद्घाटन स्थलमा पुग्ने क्रम शुरू भइसकेको छ । नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भने सौराहामा हुने तय भएको छ । उद्घाटन समारोहमा सहभागी हुन एमाले अध्यक्ष ओली सौराहाबाट नारायणगढ पुग्दैछन् ।...

सम्बन्धित सामग्री

एमाले महाधिवेशन: लाल रङमा पहेँलो मिसाउने ओलीको प्रयास

नारायणी किनार, चितवन- जनसभाका नाममा जुट्ने विशाल भीडलाई सत्तारोहणको निर्णायक सिँढी मान्ने हो भने केपी ओली त्यसका एकल हकदार बनिसकेका छन्। एमालेको दशौँ महाधिवेशनका अवसरमा नारायणी नदीको नारायणगढतर्फको किनारको चार किलोमिटर ठेलमठेल हुने गरी भरिएको थियो बिहीबार। ‘मुलुकले के भन्छ? केपी ओली ले भन्छ’ नारा बीचमा लागिरहँदा एमाले ओलीलाई अर्को निर्वाचनपछि प्रधानमन्त्रीका रुपमा प्रक्षेपण गर्न […]

एमाले महाधिवेशन: झन्डा, ब्यानर र बोर्डले राताम्य चितवन

एमालेको १० औं राष्ट्रिय महाधिवेशनले चितवनमा राजनीतिक पर्वर् ल्याएको छ । जताततै राता झन्डा, ब्यानर र बोर्डले सिँगारिएको छ । सडक, बजार र नारायणी किनार महाधिवेशनमय भएको छ । ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराका साथ सुरु हुने महाधिवेशनले मुख्य गरी २ सय २५ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ ।