झण्डोत्तोलन गरेर ओलीले गरे महाधिवेशन उद्घाटन

एमाले अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर पार्टीको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गरेका छन् । नेपालको राष्ट्रिय झण्डा, कम्युनिस्ट पार्टीको झण्डा र सूर्य चिह्न अंकित झण्डा रिमोर्टमार्फत माथि उठाएर ओलीले महाधिवेशन उद्घाटन गरेका हुन् । चितवनको नारायणी नदी किनारमा अहिले एमाले महाधिवेशनको उद्घाटन समारोह जारी छ । बन्दसत्र भने भोलिदेखि सौराहामा हुनेछ ।