ड्रोन उडाएर विप्लवले गरे पार्टीको नवौँ महाधिवेशन उद्घाटन

काठमाडौं, २५ असोज । नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गरेका छन् । नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन उद्घाटन गरेका विप्लवले सांकेतिक विष्पोट र ड्रन उडाएर गरेका थिए । विप्लवलाई नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा राता ड्रेस लगाएका युवाले सलामी अर्पण गरेका थिए । […]