सुरक्षा निकायका अवकाशप्राप्त उच्च अधिकारीहरूको रुचि राजनीतिक क्षेत्र बन्न थालेको छ ।
कतिपयले पदमा रहँदा नै देखाएको झुकावका आधारमा अवकाशपछि राजनीतिक आबद्धतालाई सक्रिय बनाउँदै आएका छन् ।
अवकाशपछि राजनीतिक दलमा सक्रिय रहनेमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी), अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी)समेत रहेका छन् । यस्तै वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) तथा नायब प्रहरी उपरीक्षक (डीएसपी)हरू पनि पार्टी प्रवेशसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
सङ्गठनमा रहँदा विवादमा परेका र...