मोह उर्जाका अनगिन्ती फाइदा, कसरी व्यवस्थापन गर्ने ?

काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य मानवीय स्वभाव हुन् । यीमध्ये यहाँ मोह उर्जाका बारेका प्रकाश पार्ने प्रयास भएका छन् । वस्तुतः मोह भनेको जीवन उर्जाकै एउटा भाग हो, जसलाई मानिसले जन्मजात लिएर आएको हुन्छ । मोहको अर्थ हो, कसैप्रति वा कुनै विषयप्रति मोहित हुनु वा आशक्त हुनु । विषय धन सम्पतिको पनि हुन सक्छ, सन्तानको पनि हुन सक्छ, मान, सम्मान, यश, कीर्ति, पद र प्रतिष्ठाको पनि हुन सक्छ । मोह उर्जाका अनगिन्ती फाइदा छन् तर प्रयोग गर्न भने जान्नुपर्छ । अन्यथा लाभको बदला हानि हुन्छ, हुन पुग्छ । प्रश्