यसरी लिन सकिन्छ मोह ऊर्जाबाट फाइदा

सामान्यतया मोह भन्नाले कुनै मानिस वा विषय वस्तुप्रतिको आकर्षण भन्ने बुझिन्छ तर यसको अर्थ यतिमा मात्रै सीमित छैन । कुनै पनि विषय–वस्तुप्रति लोभिनु, मोहित हुनु, आकर्षित हुनु, त्यसलाई छुन खोज्नु, पाउन खोज्नु, पाउने प्रयास गर्नु, त्यहाँ जान खोज्नु, त्यसलाई समाउन खोज्नु, लगाउन खोज्नु, खान खोज्नु, हेर्न खोज्नु, सुन्न खोज्नु, सुँघ्न  खोज्नु सबै मोहकै विशेषता हुन् ।हालसम्म हामीले के सुन्दै आएका छौँ भने मोह भनेको दुर्गुण हो, गर्नु हुँदैन तर मोहित नभई बस्न भने कोही पनि सक्दैनौँ । जसले त्यस्तो भ