हेटौंडा : मकवानपुरमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। जिल्लाको इन्द्रसरोवर–३ सिस्नेरीमा गाडेको अवस्थामा स्थानीय महिलाको शव फेला परेको हो।
इलाका प्रहरी कार्यालय भिमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीको अनुसार शनिबार साँझ गाडेको अवस्थामा शव फेला परेको सूचना आएपछि आइतबार बिहान प्रहरीको टोली घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो।…