घरबाट हराएकी महिलाकाे खाल्डोमा गाडिएको अवस्थामा शव भेटियाे

इलाम । इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । शव स्थानीय ३१ वर्षकी विनीता काफ्लेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । केही दिन अघिदेखि काफ्ले घरबाट हराएकी थिइन् । उनको परिवारले विनीता […] The post घरबाट हराएकी महिलाकाे खाल्डोमा गाडिएको अवस्थामा शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा गाडिएको अवस्थामा शव भेटियाे

काठमाडौं । सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा अर्ध गाडिएको अवस्थामा मृत फेला परेकी छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–५ मेकबेतनी बस्ने धनबिर बिकको छोरी ७ वर्षीया गृष्मा बिक घर नजिकैको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् । शनिबार भोजमा गएर फर्केकी हजुरआमा घरमा आउँदा नातिनी नदेखेपछि खोजी सुरु गरिएको थियो । खोजी गर्ने क्रममा […] The post सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा गाडिएको अवस्थामा शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

माेरङमा खाल्डाेमा गाडिएकाे अवस्थामा दुई जनाकाे शव भेटियाे

माेरङ – मोरङको धनपालथान गाउँपालिका ७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव भेटिएकाे छ । २० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव कसकाे हो भन्नेबारे भने खुलेको छैन ।  अहिले तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुन सक्ने प्रहरीले बताएको छ ।