गाडिएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंकामा ४ जना पक्राउ

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर वडा ३ स्थित सिस्नेरी ज्यामिरेमा गाडिएको अवस्थामा महिलाको शव फेला परेपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। महिलाको हत्या भएको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनायो। इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीकाअनुसार आइतवार र सोमवार अनुसन्धानको क्रममा सोधपुछको लागि ४ जना स्थानीयलाई नियन्त्रणमा लिइएको…