इलाम । इलाम नगरपालिका–८ सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । शनिबार दिउँसो गाडिएको अवस्थामा महिलाको शव फेला परेको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त शव स्थानीय बिनिता काफ्लेको भएको प्रहरीले जनाएको छ । काफ्ले दुई दिनदेखि हराएको भन्ने सुचना आएको र शनिबार शव गाडेको अवस्थामा भेटिएको प्रहरीको […]