२३ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाले अहिलेको सत्तारुढ गठबन्धन आगामी चुनावसम्म निरन्तर लैजानुपर्ने बताएको छ । उपाध्यक्ष दुर्गा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गरी नेकपा एमालेले प्रतिगमनलाई मद्दत पुग्ने, राष्ट्रियतामाथि आघात पुर्याउने तथा देशलाई अधिनायकवादतिर लैजाने दृष्टिकोणले संविधानमा संशोधन गर्न प्रयत्न गर्ने सम्भावना भएको भन्दै गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्ने बताएकी छन् । सोमबार सत्तारुढ गठबन्धनमा […]