गिरिराज नेपाली दाङको घोराही उपमहानगरपालिकामा तीन दलीय गठबन्धन भएपछि नतिजा कसको पोल्टामा जाने हो भन्ने विषय प्रारम्भिक चरणमै महत्वका हेरिएको थियो। २०७४ सालको चुनावमा मेयर उपमेयर दुबै नेकपा एमालेले जितेको थियो। यस चुनावमा एमाले मेयरका उम्मेदवार नरुलाल चौधरी र उपमेयर हुमा डिसीविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा तीन दलीय गठबन्धनबाट मेयरमा माओवादीका हेमराज शर्मा र उपमेयरमा काँग्रेसका भुपबहादुर डाँगी उम्मेदवार भएपछि चासो बढ्ता भएको हो ।तीन दलीय गठबन्धनला