पोखराका बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । कतारको दोहास्थित ग्राण्ड मलमा शुक्रबार राति भएको फाइनल प्रतिस्पर्धामा दर्शकको भोटिङको आधारमा लामा नेपाल आइडल घोषित भएका हुन् । प्रतियोगितामा इटहरीका निशान भट्टराई फस्ट रनरअप र काठमाडौंका प्रताप दास सेकेण्ड रनरअप घोषित भए ।