'भद्र सहमति' पछि काँग्रेस मकवानपुरको सभापति बने बुद्ध लामा

नेपाली काँग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन् । सोमबार भएको काँग्रेस मकवानपुरको निर्वाचनको मतपरिणाम अनिर्णित भएकामा अन्तिम समयमा उनी सर्वसम्मत रुपमै  सभापति चयन  भएका हुन् ।निर्वाचनअघि केन्द्रीय सह–महामन्त्री डीना र बागमती प्रदेश सभापति बानियाँलगायत शीर्ष नेताहरुसमेतको उपस्थितिमा बसेको बैठकमा संस्थापन पक्षका उम्मेदवारद्वय लामा र आनन्दराम पराजुलीबीच पहिलो चरणको निर्वाचनको परिणाम अनुसार दोस्रो चरणमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको थियो । पहिलो चरण निर्वाचनको मतपरिणा

सम्बन्धित सामग्री

काँग्रेस मकवानपुरको कोषाध्यक्षमा गौतम, कार्यसम्पादन र संसदीय समिति गठन

नेपाली काँग्रेस मकवानपुरको कोषाध्यक्षमा होमनाथ गौतम मनोनित भएका छन् । आइतबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको दोश्रो बैठकले गौतमलाई कोषाध्यक्षमा मनोनित गर्नुको साथै कार्यसम्पादन समिति, संसदीय समिति र दुईवटा विभागको संयोजक मनोनित गरेको हो ।बैठकले १३ सदस्यीय जिल्ला संसदीय समिति गठन गरेको छ । संसदीय समितिको सदस्यहरूमा सभापति बुद्ध लामा, उपसभापतिद्वय आनन्द कठायत, धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत, ईश्वर पाठक, सह–सचिवद्वय इन्दिरा न्यौपाने, ताराचन्द्र बज

काँग्रेस मकवानपुरको सभापति पदको मतगणना सुरु

नेपाली काँग्रेस मकवानपुरको सभापति पदको मतगणना सुरु भएको छ । सोमबार साँझ मतदान सकिए लगत्तै  मतगणना सुरु भएको हो ।नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिका अनुसार सोमबार मध्यान्ह १२ बजेबाट सुरु भएको मतदान साँझ ६ बजे सम्पन्न भएको थियो । सभापति सहित कुल ४८ पदको लागि भएको मतदानमा १ हजार ७ सय ७५ मत खसेको थियो ।यो पटक कांग्रेस मकवानपुरको नेतृत्वको लागि तिन जनाले सभापतिमा उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट बुद्ध लामा, आनन्दराम पराजुली तथा संस्थापन इतरबाट जयराम लामिछानेले सभापतिमा प्यानल सहित उम्

काँग्रेस मकवानपुर : सभापतिमा ३ जनाको मनोनयन दर्ता

नेपाली काँग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आइतबार बिहानबाट सुरु भएको मकवानपुर अधिवेशनमा सभापति पदका लागि तीन जना उम्मेदवारहरूले मनोनयन गरेका हुन् ।सभापति पदमा हालका पार्टी सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र जिल्ला समितिका सल्लाहकार जयराम लामिछानेले सभापति पदमा मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।काँग्रेस मकवानपुरको नेतृत्व सर्वसम्मत रुपमा छनौटका लागि आइतबार बिहानसम्म चलेक