हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन्।कांग्रेसको १४ औं अधिवेशनअन्तर्गत सोमबार भएको मतदानमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि सहमतिबाट लामा सभापतिमा चयन भएका हुन्।सभापतिका तीनजना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत नआएपछि पुनः मतदान गर्ने तयारी भएको अवस्थामा लामाको पक्षमा सहमति जुटेको हो। दोस्रो चरणमा संस्थापन पक्षका लामा र अर्का उम्मेदवार आनन्दराम पराजुलीबीच प्रतिस्पर्धा हुने तय भएको थियो।सभापतिका प्रत्यासी पराजुलीले पहिलो चरणमा सबैभन्दा धेरै मत पाएका लामालाई