काठमाडौँ- विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेको अध्यक्षतामा शुक्रबार बसेको ८ औँ केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्ष रविन्द्र मिश्रबाट प्रस्तावित दस्ताबेज वैकल्पिक राजनीतिको मूल आशय र मर्म विपरीत आएको ठहर गर्दै त्यसलाई खारेज गर्ने निर्णय गरेको छ। बैठकपछि एक विज्ञप्ति जारी गर्दै मिलन पाण्डे समूहले मिश्रको दस्तावेजले पार्टीको विधान मिचेको, जनआन्दोलनका उपलब्धिहरूलाई अवमूल्यन गरेको […]