म्याग्दी : स्थानीय तह निर्वाचन आउन ९ दिन बाँकी रहँदा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र बनाएका छन्।चुनाव नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारको दौडधुप पनि बिहानैसुरु भएर राति अबेरसम्म चल्ने गरेको छ। राजनीतिक दलका नेता तथा कार्यकर्ता बिहान ६ बजेदेखि नै आफ्ना उम्मेदवारलाई लिएर बाजागाजासहित हिँड्ने गरेका छन्। अचेल झिसमिसेदेखि साँझको घुर्मौलोसम्म उम्मेदवार र समर्थक मतदाताकै घरदैलोमा हुन्छन्। अघिपछि बाटोमा भेट्दा पनि तर्किनेहरू हात जोड्दै मतदाता रिझाउन लागिपर