निर्वाचनका लागि उत्साही छैनन् म्याग्दीका मतदाता

म्याग्दी : मौसम चिसिँदै छ। भित्र्याउने वेलाको बालीमा पानी परेर क्षति पुर्‍याउँछ कि भन्ने चिन्ताले किसान बिहान उठेदेखि रात नछिप्पिने बेलासम्म खेतबारीमा नै व्यस्त छन्। मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा चुनावी प्रचार–प्रसारमा हिँडेका छन्।दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले समूह बनाएर म्याग्दीका गाउँवस्ती र खेतबारीमा पुगे पनि मतदाता भने आफ्नै काममा व्यस्त हुने गरेका छन्। खेतबारीमा पाकेको धान र क