नेप्से परिसूचकसँगै कारोबारमा रकममा वृद्धि,जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

माघ १८, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक १९ दशमलव २९ अंक अर्थात् शून्य दशमलव ६७ प्रतिशतले बढेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ८९१ दशलमव ३३ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २२३ ओटा धितोपत्रको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर ८० हजार ८२९ पटकमा रू. ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ दशमलव ११ मा  खरीदविक्री भएको छ । मंगलवार कारोबारमा आएका ती धितोपत्रहरु मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  यो दिन विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७८१ दशलमव १० र बुद्धभुमि नेपाल हाइड्रोपावरको  शेयरमूल्य रू. ६७८ पुगेको छ । त्यसैगरी सबैभन्दा बढी नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३ दशमलव १७ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २२० मा झरेको हो । त्यसैगरी दोस्रोमा मेरो माइक्रोफाइनान्सको शेयरमूल्य २ दशमलव २८ प्रतिशत घटेर रू. १ हजार २०० कायम भएको छ ।  मंगलवार सर्वाधिक शेयर खरीदविक्री नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ३९ करोड १ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४१७ कायम भएको छ । कम्पनीको यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशलमव ५० प्रतिशतले वृद्धि भएको हो । यो दिन कम्पनीको ९ लाख ५५ हजार २७० कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीले हालसम्म कुनै पनि शेयरधनीलाई कुनै पनि लाभांश दिएको छैन । यस वर्ष कम्पनीले आकर्षक लाभांश दिने चर्चा चलेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको रू. ३७ करोड १४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका १३ ओटा समूहमध्ये चार ओटा समूहको समूहगत परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । समूहगत परिसूचक बढ्नेमा जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ३ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ । मंगलवार अधिकांश जलविद्युत् कम्पनीको शेयरमूल्यमा वृद्धि भएसँगै यस समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।  केहि जलविद्युत् कम्पनीहरु हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि लगानीकर्ताको आकर्षण बढेको हो । त्यस्तै समूहगत परिसूचक बढ्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशलमव २९ प्रतिशत,विकास बैंक समूहको १ दशमलव ६१ प्रतिशत,वित्त समूहको १ दशमलव ४८ प्रतिशत,नीर्जिवन बीमा समूहको शून्य दशलमव ७ प्रतिशतले वृद्धि भएको छ ।  यसैगरीअन्य समूहको शूून्य दशलमव शून्य ४ प्रतिशत,लघुवित्त समूहको परिसूचक शून्य दशमलव ९ प्रतिशत,म्युुचुअल फण्ड समूहको १ दशलमव ५ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशलमव ११ प्रतिशतका दरले वृद्धि भएको छ । यो दिन समूहगत समूह अन्तर्गत व्यापार समूहको परिसूचक शून्य दशमलव ५३ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशलमव शून्य ८ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव १८ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव १ प्रतिशतले घटेको छ ।  सोमवारको तुलनामा मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सोमवार रू. ५ अर्ब १५ करोड बराबरको शेयर खरीदविक्री भएको थियो भने यो दिन साढे ६ अर्बभन्दा बढीको शेयर खरीदविक्री भएको छ । आगामी जेठ ५ भित्रै स्थानिय निकायको चुनाव गर्ने खबर बाहिरीएसँगै यसको प्रत्यक्ष सकारात्मक प्रभाव शेयर बजारमा परेको देखिन्छ । चुनावका बेला राजनीतिक दलहरुले धेरै खर्च गर्ने भएकाले बजारमा तरलता बढ्ने अनुमानका आधारमा पनि आगामी दिनमा बजार बढ्ने आशाका साथ लगानीकर्ताहरु सक्रिय भएको जस्तो देखिएको छ ।  

सम्बन्धित सामग्री

जलविद्युत् कम्पनीको शेयर :लाभांश नदिए पनि लगानीकर्ताको आकर्षण बढ्दो

काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीमा सबैभन्दा धेरै जलविद्युत्का छन् । हाल नेप्सेमा ८९ जलविद्युत् कम्पनी सूचीकृत छन् । आगामी दिनमा धितोपत्र बजारमा भित्रिन लागेका कम्पनीको संख्या हेर्दा पनि जलविद्युत् क्षेत्रकै वर्चस्व देखिन्छ । पछिल्ला वर्षहरूमा धितोपत्रको दोस्रो बजारमा भएको कारोबारको अवस्था हेर्दा लगानीकर्ताको आकर्षण जलविद्युुत् क्षेत्रका कम्पनीकै शेयरमा देखिन्छ । तर, यस क्षेत्रका कम्पनीको लाभांश वितरण स्थिति हेर्दा सूचीकृत ८९ कम्पनीमा हालसम्म सातओटाले मात्रै गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले लाभांशविना नै साधारणसभा बोलाएका छन् ।  सूचीकृत ८२ जलविद्युत् कम्पनीले लाभांश दिएका छैनन् । वित्तीय अवस्था सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ता बढी आकर्षित हुनुलाई अर्थपूर्ण मानिएको छ ।  राम्रा वित्तीय अवस्था भएका र निरन्तर लाभांश वितरण गर्ने जुनसुकै क्षेत्रका कम्पनीको शेयरमा लगानी गर्नु सुरक्षित र फलदायी हुने विश्लेषक बताउँछन् । तर, खुद नोक्सानीमा रहेका, अझै केही वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा रहेका कम्पनीको शेयर किन्नु कत्तिको सुरक्षित हुन्छ त ?  शेयरबजार जोखिम नै जोमिखले भरिएको क्षेत्र हो । शेयरबजारमा लगानी गरेर व्यापक आर्थिक उन्नति गरेका र सर्वस्व गुमाएका दुवै उदाहरण छन् । लगानीकर्ताले कम्पनीको वित्तीय विवरण, लाभांश जस्ता पक्षलाई राम्ररी केलाएर लगानी गर्न नसके दु:खले आर्जन गरेको रकम गुम्न सक्ने जानकार बताउँछन् । त्यसैले शेयरबजारमा धेरै कुरा विचार गरेर मात्रै लगानी गर्नुपर्ने उनीहरुको सुझाव रहन्छ ।  शेयरबजार सधैं बढ्ने वा घट्ने हुँदैन । यी दुई ट्रेन्डलार्ई राम्रोसँग नियालेर लगानी गर्न सके लगानी सुरक्षित हुने सम्भावना बलियो हुने विश्लेषहरूको भनाइ छ ।  वित्तीय अवस्था सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ता बढी आकर्षित हुनुलाई अर्थपूर्ण  लगानीकर्ता नवराज दाहाल धेरैजसो अल्पकालीन कारोबारीले जलविद्युत् कम्पनीको शेयर किनबेच गर्ने बताउँछन् । यही कारण उक्त क्षेत्रका कम्पनीको शेयर मूल्यमा बढिरहेको दाहालले बताए । उनको भनाइमा यी कम्पनीमा ३ वर्षको लकइन पिरियड हुन्छ । ‘तीन वर्षपछि हकप्रद शेयरको फन्डा चलाएर पनि शेयर मूल्य उचालिरहेका हुन्छन्,’ दाहालले भने ।  वाणिज्य बैंकको हकमा शेयर संख्या धेरै हुँदा लाभांश घटिरहेको छ । लघुवित्त कम्पनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सजिलो छैन । इन्स्योरेन्स कम्पनीले हकप्रद, बोनस वा थप निष्कासन (एफपीओ) के गरेर पूँजी पुर्‍याउँछन् भन्ने अन्योल छ । त्यसैले लगानीकर्तासामु कारोबार गर्न विकास बैंक, फाइनान्स र हाइड्रोपावर नै विकल्पका रूपमा रहेको उनको भनाइ छ । ‘अरू सेक्टरका कम्पनीको जस्तो धेरै पूँजी हाइड्रोपावर कम्पनीको छैन ।  अहिले आएका हाइड्रोपावरले २० देखि ३० प्रतिशत शेयर सर्वसाधारणलाई बेचेका हुन्छन्, अरू संस्थापकसँग हुन्छ,’ दाहालले भने, ‘यी कारणले गर्दा हाइड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।’ शेयर संख्या थोरै भएपछि चलखेल गर्न पनि सजिलो हुन्छ । यस्तोमा सानो समूहले नै माग बढाएर भाउ उचाल्ने र मूल्य उच्च बिन्दुमा पुगेपछि आफूसँग भएको सबै शेयर बेचेर नाफा कमाउने गर्न पनि सक्छ ।  अर्का लगानीकर्ता विष्णु पराजुली जलविद्युत् कम्पनीको शेयर मूल्य बढ्नुमा शेयर संख्या कम हुनुलाई मुख्य कारण मान्छन् । थोरै शेयर हुनेबित्तिकै कारोबारीले केही समय शेयर होल्ड गरेर राख्नेबित्तिकै माग सृजना हुन्छ । ‘अरू सेक्टरका कम्पनीको शेयर संख्या धेरै हुन्छ ।  किनेर राख्यो, मूल्य खासै बढ्दैन,’ पराजुलीले भने, ‘पछिल्लो समय लगानीकर्ताले दीर्घकालीन लगानीभन्दा अल्पकालीन कारोबारमा जोड दिइरहेका छन् । अल्पकालीन लगानीमा लगानीकर्ताको रोजाइ कम पूँजी भएको कम्पनीमा हुन्छ । यसकारण पनि जलविद्युत् कम्पनीको शेयर मूल्य बढेको हो ।’ आइतवार जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव ५५ प्रतिशत बढेको छ । यस समूहका अधिकांश कम्पनीको शेयरमूल्य माथि गएपछि समूहगत परिसूचक बढेको हो ।

दोहोरो अंकले बढ्यो बजार, हाइड्रोपावर कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । यस दिन परिसूचक १६ दशलमव २४ अंक बढेर १ हजार ९८५ दशमलव ४३ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन रू. ८७ करोड बराबरको शेयर कारोबार भएकोमा आज १ अर्बभन्दा बढीको कारोबार भएको हो । बजार निकै घटेका कारण अधिकांश कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा झरेको छ भने सूचीकृत कम्पनीहरूले लाभांश प्रस्ताव गर्न थालेका छन् । यी कारणले गर्दा बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् । केही नीतिगत अवरोधलाई समाधान गर्न सकेमा शेयर बजारले नयाँ विन्दु कायम गर्न सक्ने उनीहरूको भनाइ छ ।  मंगलवार कारोबारमा आएका २७२ धितोपत्रको ४३ लाख ३६ हजार ५८३ कित्ता शेयर ५० हजार २९६ पटकमा ५० हजार २९६ पटकमा रू. १ अर्ब १७ करोड बराबरको शेयर कारोबार भएको छ । मंगलवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७२ प्रतिशत वृद्धि भएको छ ।  यस दिन कारोबारमा आएका धितोपत्रमध्ये शुभम पावरको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ९७५ दशमलव ८० पुगेको हो । त्यस्तै थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर रू. ४०८ दशमलव ५० पुगेको हो ।  मंगलवार सबैभन्दा बढी इमर्जिङ नेपालका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ८ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९७० मा झरेको छ । त्यस्तै आरविवि म्युचुअल फण्ड २ को इकाई मूल्य ५ दशमलव ६४ प्रतिशत घटेर रू. ७ दशमलव ७० कायम भएको हो ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । कम्पनीको रू. १० करोड ६४ लाख बराबरको भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४८५ दशमलव ५० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ओरियण्टल होटल्स छ । कम्पनीको रू. ४ करोड १० लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल एण्ड पर्यटन समूहको परिसूचक शून्य दशमलव ०९ प्रतिशत र व्यापार समूहको परिसूचक शून्य दशमलव ९३ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । मंगलवार लगानीकर्ताको आकर्षण हाइड्रोपावर समूहको शेयरमा परेको छ । सोही कारण उक्त समूहको सूचक सबैभन्दा बढी ३ दशमलव २१ प्रतिशत वृद्धि भएको छ । अधिकांश हाइड्रोपावर कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।

बिहीवारको बजारमा जलविद्युत् कम्पनीको नेतृत्व : कुल कारोबारमा साढे ४६% हिस्सा

माघ २०, काठमाडौं । साताको अन्तिम कारोबार दिन धितोपत्र दोस्रो बजारमा रू. ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार बराबरको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता धितोपत्रको कारोबार भएको छ ।  बिहीवारको कारोबारमा जलविद्युत् कम्पनीहरुले नेतृत्व गरेका छन् । कुल कारोबारमा यस दिन जलविद्युत् कम्पनीहरुको ४४ दशमलव ५५ प्रतिशत हिस्सा रहेको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बिहीवार जलविद्युत् कम्पनीहरुको मात्र रू. ४ अर्ब ९० करोड ७९ हजार बराबरको ७५ लाख ५८ हजार ८२ कित्ता शेयर कारोबार भएको हो । धितोपत्र दोस्रो बजारमा हाल ४५ जलविद्युत् कम्पनीहरुको शेयर सूचीकृत रहेको छ ।   कम पूँजी भएका यी समूह अन्तर्गतका कम्पनीहरुको शेयर खरीदमा लगानीकर्ताहरुको आकर्षण निरन्तर बढी रहेको छ । बजारमा कम पूँजी र कम मूल्य भएका जलविद्युत् कम्पनीहरुको शेयरमूल्य बढ्ने आशामा लगानीकर्ताहरु आकर्षित भएको देखिन्छ ।  जलविद्युत् कम्पनीहरुले ऋण तिर्नका लागि पनि हकप्रद शेयर निष्कासन गर्न पाउने व्यवस्था भएसँगै त्यसको सकारात्मक प्रभाव शेयरमूल्यमा पर्ने अपेक्षा लगानीकर्ताहरुको छ ।  बिहीवार सर्वाधिक रकमको शेयर कारोबार गर्ने कम्पनीमा पनि जलविद्युत् समूहअन्तर्गतकै अरुणभ्याली हाइड्रोपावर रहेको छ । यस कम्पनीको रू. ८२ करोड ७० लाख ३५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक दोस्रोमा भने अपि पावरको शेयर कारोबार भएको छ । अपि पावरको रू. ५२ करोड ५० लाख १८ हजार बराबरको शेयर खरीदविक्री भएको हो । बिहीवार जलविद्युत् समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत बढेको छ । यो दिन जलविद्युतसँगै निर्जीवन बीमा समूहको शून्य दशमलव शून्य ९ प्रतिशत परिसूचक बढेको हो । अन्य समूहको परिसूचक भने यो दिन घटेको छ ।  बिहीवार कारोबार रकममा नेतृत्व गरेको जलविद्युत् समूह अन्तर्गतको बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ७३ प्रतिशत वृद्धि भएको छ ।  त्यस्तै, साहस उर्जाको ६ दशमलव शून्य ६ प्रतिशत, अरुणभ्याली हाइड्रोको ५ दशमलव ३३ प्रतिशत, मैलुङ खोला जलविद्युतको ४ दशमलव २५ प्रतिशत र न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमुल्य ४ दशमलव १३ प्रतिशत बढेको छ । सर्वाधिक शेयरमूल्य बढ्ने १० कम्पनीभित्र यस दिन ८ जलविद्युत् कम्पनीहरु रहेका छन् ।

लगानीकर्ताको आकर्षण जलविद्युतको शेयरमा : ५ ओटा कम्पनीको मूल्य उच्च दरले वृद्धि

असार ३१, काठमाडौं । साताको अन्तिम कारोबार दिन बजार खुलेको डेढ घण्टाको कारोबार अवधिमा अधिकांश जलविद्युत् कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ ।  बजार खुलेको डेढ घण्टामा कारोबारमा आएका २१३ ओटा कम्पनीमध्ये ५ ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ ।  रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ६७ प्रतिशत, ङादी ग्रुप पावर कम्पनीको ७ दशमलव ४९ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ७ दशमलव २९ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ६ दशमलव ४६ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ६ दशमलव शून्य २ प्रतिशतले वृद्धि भएको हो ।  यी पाँचओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो ।

लगानीकर्ताको आकर्षण वित्त कम्पनीमा, ११ ओटा वित्त कम्पनीको शेयरमूल्यमा सर्किट

जेठ २४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार लगानीकर्ताको आकर्षण वित्त कम्पनीको शेयरमा परेको छ ।  सोही कारण अधिकांश वित्त कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेमा हाल १५ ओटा वित्त कम्पनीको शेयर खरीदविक्री हुन्छ । जसमध्ये सोमवार ११ ओटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।   योदिन ती बाहेक दुई ओटा विकास बैंक र चार ओटा हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पनि सर्किट लागेको छ । यसदिन कारोबारमा आएका २२१ ओटा कम्पनी मध्ये १७ ओटा कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि भएको हो । १७ ओटा कम्पनीमध्ये अधिकांश वित्त कम्पनीहरुको शेयरमूल्यमा सर्किट लागेको हो ।  १७ ओटा कम्पनीमध्ये पोखरा फाइनान्स,सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । पोखरा फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू.५३९,सेन्ट्रल फाइनान्सको रू. ४०७ र आइसीएफसी फाइनान्सको रू. ५२८ पुगेको हो । त्यसैगरी कामना सेवा विकास बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ९ दशमलव ९७ प्रतिशत,गुडवील फाइनान्सको ९ दशमलव ९६ प्रतिशत,जानकी फाइनान्सको ९ दशमलव ९५ प्रतिशत,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको ९ दशमलव ९५ प्रतिशत,गोर्खाज फाइनान्सको ९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ ।  त्यसैगरी मञ्जुश्री फाइनान्सको ९ दशमलव ९४ प्रतिशत,रिडी हाइड्रोपावरको ९ दशमलव ९१ प्रतिशत,समृद्धि फाइनान्सको ९ ददशमलव ८९ प्रतिशत,रिलायन्स फाइनान्सको ९ दशमलव ८१ प्रतिशत,नेशनल हाइड्रोपावरको ९ दशमलव ८० प्रतिशत,युनिभर्सल पावरको ९ दशमलव ७१ प्रतिशत,दिब्यश्वरी हाइड्रोपावरको ९ दशमलव ६१ प्रतिशत र सांग्रिला डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ दशमलव शून्य ४ प्रतिशतले वृद्धि भएको हो । ती कम्पनीहरुको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको  देखिन्छ ।  फाइनान्स कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै यस समूहको परिसूचक सार्वधिक ८ दशमलव २७ प्रतिशतले बढेर २ हजार १३ पुगेको छ ।  त्यस्तै कामना सेवा विकास बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ५१८,श्री इन्भेष्टमेण्ट फाइनान्सको रू. ४३०,गुडवील फाइनान्सकोरू.४३०,गुडवील फाइनान्सको रू. ५७४,जानकी फाइनान्सकोरू. ४२०,गुहेश्वरी मर्चेन्ट बैंकिङ फाइनान्सको रू. १ हजार १६०,मञ्जूश्री फाइनान्सको रू. ९०७ पुगेको छ ।  यसैगरी रिडी हाइड्रोपावरकोरू. ४७७,समृद्धि फाइनान्सको रू. ४००,रिलायन्स फाइनान्सको रू. ४५९,नेशनल हाइड्रोपावरको रू. २६९,यनिभर्सल पावरको रू.३०५,दिब्यश्वरी हाइड्रोपावरको रू. २५१ र सांग्रिला डेभलपमेण्ट बैंकको शेयर मूल्य रू.४१० पुगेको हो ।

लगानीकर्ताको आकर्षण हाइड्रोपावर कम्पनीमा, ४ ओटा कम्पनीको शेयर मूल्यमा सर्किट

जेठ ११, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजारमा करेक्सन आएसँगै पुन लगानीकर्ताको आकर्षण हाइड्रोपावर कम्पनीहरुको शेयरमा परेको छ ।  सोही कारण  मंगलवार चार ओटा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्किट लेबलमा वृद्धि भएको हो । कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये अधिकांश हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।  जसमध्ये बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको हो ।  त्यसैगरी माउण्टेन हाइड्रो नेपालको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशत,युनिभर्सल पावरको ९ दशमलव ८४ प्रतिशत र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ दशमलव ७८ प्रतिशतले वृद्धि भएको हो । ती चार ओटै कम्पनीको शेयरमा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो ।  बरुण हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता रू.४८६,माउण्टेन हाइड्रोको रू. ३७९,युनिभर्सल पावरको रू. २७९ र घलेम्दी हाइड्रोको शेयर मूल्य प्रतिकित्ता रू. २४७ पुगेको छ ।  यी बाहेकका दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य पनि अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ९२ प्रतिशतले वृद्धि भएर रू. २३२ पुगेको हो ।  योदिन अधिकांश हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै उक्त समूहको परिसूचक २ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।