पोखरा फाइनान्ससहित ५ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट, लगानीकर्ताको आकर्षण वित्त कम्पनीमा

असार १६, काठमाडौं ।  साताको चौथो कारोबार दिन बुधवार कारोबारमा आएका २२० ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी पोखरा फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।  कम्पनी शेयरमूल्य प्रतिकित्ता रू. ६०५ पुगेको छ । त्यसैगरी सेन्ट्रल फाइनान्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुनलामा ९ दशमलव ९७ प्रतिशत,नेपाल फाइनान्सको ९ दशमलव ८६ प्रतिशत,मल्टीपर्पस फाइनान्सको ९ दशमलव ७५ प्रतिशत र प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य ९ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ ।  बुधवार अधिकांश फाइनान्स कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । बजार घटेको बेलामा कम शेयरमूल्य भएका फाइनान्स कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण भएसँगै शेयरमूल्य बढेको हो ।   सेन्ट्रल फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू.३८६, नेपाल फाइनान्सको रू.४७९, मल्टीपर्पस फाइनान्सको रू. ३४९ र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ३४० पुगेको हो ।  

सम्बन्धित सामग्री

इक्वीटीमा प्रतिफल घट्दा पनि वित्त कम्पनीमा किन बढ्दैछ लगानीकर्ताको आकर्षण ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ वित्त कम्पनीको रिटर्न अन इक्वीटी (आरओई) अर्थात् इक्वीटीमा प्रतिफल औसतमा २ दशमलव ७९ प्रतिशत रहेको छ । सूचीकृत कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आवमा भने यी कम्पनीहरूको आरओई ३ दशलमव ५० प्रतिशत थियो । यस आधारमा वित्त कम्पनीहरूको आरओई अघिल्लो आवको तुलनामा गत आवमा शून्य दशमलव ७१ प्रतिशत घटेको छ ।  गत आवमा १५ वित्त कम्पनीहरूमध्ये १० ओटाको आरओई घटेको छ भने ५ ओटाको मात्रै बढेको छ । सबैभन्दा बढी आरओई मञ्जुश्री फाईनान्सको छ । गत आवमा यस कम्पनीको आरओई १३ दशमलव ८९ प्रतिशत रहेको हो । अघिल्लो आवमा भने यस कम्पनीको आरओई ६ प्रतिशत मात्रै थियो । आरओई सर्वाधिक हुने कम्पनीको सूचीमा दोस्रोमा गोर्खाज फाइनान्स छ । कम्पनीको आरओई १० दशमलव ७७ प्रतिशत छ ।  स्रोत : कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट । लगानीको सामान्य सिद्धान्तअनुसार आरओई घटेको क्षेत्रमा लगानीकर्ताको आकर्षण घट्नु पर्ने हुन्छ । तर, आरओई घट्दा पनि यी कम्पनीहरूको शेयरमा लगानीकर्ताको आकर्षण बढी रहेको देखिन्छ । यसको प्रमुख कारण हो– भोल्यूम (चुक्ता पूँजी) कम हुनु ।  पछिल्लो समय बजार बढ्दा कम चुक्ता पूँजी भएका कम्पनीहरूको शेयर मूल्य अस्वभाविक रूपमा बढेको पाइएको छ । अर्थात् यस्ता कम्पनीको शेयरमा ट्रेडरहरूले बढी कारोबार गरिरहेका हुन्छन्, जसका कारण ती कम्पनीको शेयर मूल्य बढ्ने गरेको छ । पछिल्लो समय दीर्घकालीन रूपमा लगानी गर्नेभन्दा अल्पकालीन रूपमा लगानी गर्नेको संख्या बढी छ ।  लगानीकर्ताले अल्पकालीन समयमै प्रतिफल हात पारेपछि कम्पनीको वित्तीय अवस्था, लाभांशलाई खासै चासो गर्दैनन् । तर, कतिपय अवस्थामा कम्पनीको वित्तीय अवस्थालाई पनि हेरेर लगानी गर्नुपर्ने विश्लेषकहरू सुझाउँछन् ।  तीन कम्पनी नोक्सानीमा गत आवमा १५ वित्त कम्पनीहरूमध्ये तीन कम्पनी भने नोक्सानीमा छन् । समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रेशिभ फाइनान्स नोक्सानीमा रहेका हुन् ।

किन बढ्दैछ होटल तथा पर्यटन समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण ?

काठमाडौं । गत जेठ ११ गते होटल तथा पर्यटन समूहको परिसूचक ३ हजार ४३० दशमलव ८४ विन्दु थियो । त्यसको एक महीनापछि असार १२ गते (आज) यो समूहको परिसूचक ५ हजार ८३८ दशमलव ६२ विन्दुमा पुग्यो । यो एक महीनाअघिको तुलनामा ७० दशमलव १८ प्रतिशत बढी हो । पछिल्लो एक महीनामा सर्वाधिक बढ्ने परिसूचक यही नै हो ।  किन बढ्दैछ आकर्षण ? कोरोना महामारीपछि पर्यटन क्षेत्र विस्तारै उकासिन थालेपछि होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरू नाफामा छन् । सोही कारण यस्ता कम्पनीहरूमा लगानीकर्ताहरू ढुक्क भएर लगानी गरिरहेका छन् । फलस्वरूप यो समूहका कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।  दोस्रोमा निर्जीवन बीमा समूह यो अवधिमा होटल तथा पर्यटनपछि निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक बढेको छ । अर्थात् यो अवधिमा होटल तथा पर्यटन समूहका कम्पनीपछि लगानीकर्ताको आकर्षण निर्जीवन बीमा समूहका कम्पनीमा छ ।  सो अवधिमा निर्जीवन बीमा समूहको परिसूचक ३६ दशमलव ०५ प्रतिशत वृद्धि भएको छ । जेठ ११ गते यस समूहको परिसूचक ८ हजार ४५२ दशमलव ६८ रहेकोमा त्यसको एक महीनापछि असार १२ गते ११ हजार ४९९ दशमलव ७९ विन्दुमा पुगेको छ ।  बीमा कम्पनीहरूले पूँजी वृद्धि गर्न थालेपछि यो समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको हो । बीमा कम्पनीहरूले पूँजी वृद्धिका लागि केहीले मर्जर गरेका छन् । मर्जरपश्चात पनि नियामक निकायले तोकेको चुक्ता पूँजी नपुगेका कम्पनीले भने अपुग रकम हकप्रद र बोनस शेयरमार्फत पुर्‍याउने भएका छन् ।  नेपाल बीमा प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको रू. ५ अर्ब पुर्‍याउनु पर्छ ।

बजार घटे पनि लगानीकर्ताको आकर्षण होटल तथा पर्यटन समूहका कम्पनीमा

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार (आज) पनि नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ६८ प्रतिशत अर्थात् १४ दशमलव ०५ अंक घटेर २ हजार ५० दशमलव ७८ विन्दुमा झरेको छ । गत सोमवारअघि लगातार ९ कारोबार दिन बढेको बजारमा पछिल्लो समय विक्रेता हाबी भएको देखिन्छ । सोही कारण बजार तीन दिनदेखि करेक्सनमै छ । बजार घट्दा पनि लगानीकर्ताको आकर्षण होटल तथा पर्यटन समूहका शेयरमा परेको छ । यस समूहका अधिकांश कम्पनीहरूको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।  ९ दिनमा बजार १९२ अंक बढेको थियो । यही बढेको मौकामा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै बजार केही घटेको देखिन्छ । पछिल्लो समय तरलता सहज हुन थालेपछि सिडी रेशियो र अन्तर बैंक ब्याजदर निकै तल आइसकेको छ । यस कारण पनि शेयर बजारमा प्रभाव पर्ने जानकारहरू बताउँछन् ।  बुधवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ७४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७८ प्रतिशत घटेको छ ।  यस दिन कारोबारमा आएका २७१ धितोपत्रको ८६ लाख ५१ हजार १६४ कित्ता शेयर ५९ हजार ८१३ पटकमा रू. ३ अर्ब ४९ करोड बराबरको कारोबार भएको छ । २७१ धितोपत्रमध्ये सिटी होटलको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २६१ दशमलव ४० पुगेको हो । याे सूचीमा दोस्रोमा सोल्टी होटल छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ४४ प्रतिशत वृद्धि भएर रू. ४७० दशमलव ६० पुगेको छ ।  बुधवार सबैभन्दा बढी ग्रीन भेञ्चर्सका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ६ दशमलव ९८ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयर मूल्य रू. ४५३ मा झरेको छ । यस दिन सर्वाधिक गुमाउनेको दोस्रो स्थानमा मेनछ्याम हाइड्रोपावरका शेयरधनी छन्को । कम्पनीको शेयर मूल्य ५ दशमलव ४८ प्रतिशत घटेर रू. २५५ दशमलव ४० कायम भएको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. २३ करोड बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५४५ दशमलव ५० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटल छ । कम्पनीको रू. १९ करोड ३५ लाख बराबर शेयर खरीदविक्री भएको हो ।  यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ४ दशमलव ८४ प्रतिशत वृद्धि भएको छ । यस समूहका अधिकांश कम्पनीको शेयर मूल्य उच्च दरमा वृद्धि भएकाले समूहगत परिसूचक बढेको हो । त्यस्तै हाइड्रोपावर समूहको परिसूचक १ दशमलव ६२ प्रतिशत घटेको छ । बढेको बजारमा यस समूहका लगानीकर्ताले प्रोफिट बुक गरेसँगै समूहगत परिसूचक घटेको हो ।

चार महीनायताकै उच्च कारोबार, कम पूँजी भएका कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचकसँगै कारोबार रकम बढेको छ । कारोबार रकम चार महीनायताकै उच्च छ । गत माघ २९ गते रू. ३ अर्ब ४ करोड बराबर शेयर कारोबार भएकोमा त्यसपछि जेठ २८ गते आइतवार रू. ३ अर्ब ४५ करोड बराबर कारोबार भएको हो । पछिल्ला केही दिनयता लगानीकर्ताले शेयर बजारमा सक्रियता बढाउन थालेको देखिन्छ । कर विवाद सुल्झिएसँगै उनीहरू बजारप्रति सकारात्मक देखिएका हुन् । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ । फलस्वरूप ब्याजदर पनि घट्दो छ । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।  यति बेला अर्थतन्त्रका बाह्य क्षेत्रहरूमा सुधार हुँदै गएको रिपोर्ट राष्ट्र बैंकले सार्वजनिक गरेको छ । यसले पनि लगानीकर्ताको मनोबल थप बढाउन सक्ने देखिन्छ । लामो समयदेखि घटेको बजारमा बियरिस ट्रेण्ड सकिएको जानकारहरू बताउँछन् । शेयर बजार घटबढ भइरहन्छ । लगानीकर्ताले लगानी गर्नुपूर्व बजारको अवस्थासहित कम्पनीको समग्र पक्ष हेरेर लगानी गर्नुपर्ने विश्लेषकहरू बताउँछन् ।  आइतवार नेप्से परिसूचक २ दशमलव शून्य ९ प्रतिशत अर्थात् ४० दशमलव ४८ अंक बढेर १ हजार ९८० दशमलव शून्य ९ विन्दुमा पुगेको छ । यस दिन २७५ धितोपत्रको ९५ लाख २८ हजार २५५ कित्ता ६१ हजार ४५० पटकमा रू. ३ अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको हो ।  आइतवार भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २४५ दशमलव ३० कायम भएको छ । दोस्रोमा सिटी होटलको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू. १२२ दशमलव २० पुगेको छ ।  आइतवार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई मूल्य सबैभन्दा बढी ३ दशमलव ८३ प्रतिशत घटेर रू. ८ दशमलव ७९ कायम भएको हो । दोस्रोमा मेगा म्युचुअल फण्ड १ को इकाई मूल्य २ दशमलव ५३ प्रतिशत घटेर रू. ७ दशमलव ३२ मा झरेको छ ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नागरिक लगानी कोषले ओगटेको छ । कोषको रू. ११ करोड ४७ लाख बराबर कारोबार भएको हो । त्यस्तै सर्वाधिक दोस्रोमा शिवम् सिमेन्ट्सको रू. १० करोड ८७ लाख बराबर कारोबार भएको हो ।  आइतवार १३ ओटै समूहगत परिसूचक समग्र बढेका छन् । वित्त समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव ७२ प्रतिशत वृद्धि भएको छ । लगानी समूहको ५ दशमलव ११ प्रतिशत र विकास बैंक समूहको परिसूचक ४ दशमलव ६६ प्रतिशत वृद्धि भएका छन् । बजार बढ्दा लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीहरूमा पर्ने भएकाले यी समूहको परिसूचक बढेको देखिन्छ ।  यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ६७, फ्लोट इन्डेक्स १ दशमलव ८९ र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ७१ प्रतिशत वृद्धि भएका छन् ।

बैंकिङ र होटल तथा पर्यटन समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । नेप्से परिसूचक २ दशमलव २७ अंक अर्थात् शून्य दशमलव १२ प्रतिशत घटेर १ हजार ८८९ दशमलव ७३ विन्दुमा कायम भएको हो । यस दिन २६९ धितोपत्रको २१ लाख ७४ हजार ९१४ कित्ता २१ हजार ८५१ पटकमा रू. ७३ करोड ९६ लाख बराबर कारोबार भएको छ । बुधवारको तुलनामा आज कारोबार रकम पनि घटेको छ । बुधवार रू. ८४ करोड बराबर शेयर खरीदविक्री भएको थियो ।  यो मूल्यमा लगानीकर्ताहरूले शेयर विक्री गर्न नचाहेको र खरीदकर्ता पनि खरीद गर्न पनि राजी नभएको देखिन्छ । त्यसैले बजारमा कारोबार रकम घट्दो क्रममा देखिन्छ ।  बिहीवार सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य सबैभन्दा बढी ५ दशमलव ८५ प्रतिशत वृद्धि भई रू. ७ दशमलव ७८ पुगेको छ । त्यस्तै दोस्रोमा तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ५ दशमलव शून्य ८ प्रतिशत बढेर रू. ४०५ दशमलव ६० पुगेको हो ।  यस दिन एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूले सबैभन्दा बढी गुमाएका छन् । फण्डको इकाई मूल्य १० प्रतिशत घटेर रू. ९ मा झरेको छ । त्यस्तै दोस्रोमा ‘एनएमबि डिबेन्चर ८.५० ∞२०८७/८८’ नामक ऋणपत्रको मूल्य ९ दशमलव ५३ प्रतिशत घटेर रू. ८८६ दशमलव ६० कायम भएको हो ।  बिहीवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एभरेष्ट बैंकले ओगटेको छ । कम्पनीको रू. ३ करोड ७६ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर निकै तल्लो विन्दुमा आएकाले पनि खरीदकर्ताहरू आकर्षित भएको देखिन्छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ रूपैयाँ १० पैसा वृद्धि भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. ३ करोड २७ लाख बराबर कारोबार भएको छ ।   यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १३ प्रतिशत र फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य १ प्रतिशत बढेको हो ।  कारोबारमा आएका समूहगत परिसूचकमध्ये दुई समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव ८३ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी १ दशमलव २८ प्रतिशत घटेको छ । बजार घटिरहँदा लगानीकर्ताको आकर्षण बैंकिङ समूहका कम्पनीहरूको शेयरमा परेको छ । सोही कारण बिहीवार सर्वाधिक कारोबार गर्नेमा पाँच ओटा वाणिज्य बैंक परेका छन् । बैंकिङ समूहका कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा  आएकोले पनि खरीदकर्ता आकर्षित भएको देखिन्छ ।

लघुबिमा कम्पनीमा आकर्षण बढ्दो

अन्तिम दिन बिहीबार लघुबिमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै बिमा समितिमा ३१ वटा कम्पनीले निवेदन दिएका छन् । बिमा समितिले आवेदन माग गरेको अन्तिम दिन १३ असोजसम्ममा जीवन र निर्जीवन गरी ३१ लघुबिमा कम्पनीले आवेदन दिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।उनका अनुसार आवेदनको अन्तिम दिनसम्ममा निर्जीवन लघुबिमा व्यवसाय सञ्चालनको लागि १६ […]

लघुबिमा कम्पनीमा आकर्षण बढ्दो

अन्तिम दिन बिहीवार लघुविमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै विमा समितिमा ३१ वटा कम्पनीले निवेदन दिएका छन् । विमा समितिले आवेदन माग गरेको अन्तिम दिन १३ असोजसम्ममा जीवन र निर्जीवन गरी ३१ लघुबिमा कम्पनीले आवेदन दिएको विमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।उनका अनुसार आवेदनको अन्तिम दिनसम्ममा निर्जीवन लघुविमा व्यवसाय सञ्चालनको लागि १६ र जीवन लघुविमा व्यवसाय सञ्चालनको लागि १५ वटा कम्पनीको आवेदन परेको छ । म्याद सकिनुभन्दा एक दिनअघिसम्ममा १० वटा कम्पनीले मात्र आवेदन दिएकोमा अन्

लघुबिमा कम्पनीमा आकर्षण बढ्दो

काठमाडौं । अन्तिम दिन बिहीबार लघुबिमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै बिमा समितिमा ३१ वटा कम्पनीले निवेदन दिएका छन् । बिमा समितिले आवेदन माग गरेको अन्तिम दिन १३ असोजसम्ममा जीवन र निर्जीवन गरी लघुबिमा कम्पनीले आवेदन दिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार आवेदनको अन्तिम दिनसम्ममा निर्जीवन लघुबिमा व्यवसाय सञ्चालनको […]

लगानीकर्ताको आकर्षण हाइड्रोपावर कम्पनीमा, ४ ओटा कम्पनीको शेयर मूल्यमा सर्किट

जेठ ११, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजारमा करेक्सन आएसँगै पुन लगानीकर्ताको आकर्षण हाइड्रोपावर कम्पनीहरुको शेयरमा परेको छ ।  सोही कारण  मंगलवार चार ओटा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्किट लेबलमा वृद्धि भएको हो । कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये अधिकांश हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।  जसमध्ये बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको हो ।  त्यसैगरी माउण्टेन हाइड्रो नेपालको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशत,युनिभर्सल पावरको ९ दशमलव ८४ प्रतिशत र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ दशमलव ७८ प्रतिशतले वृद्धि भएको हो । ती चार ओटै कम्पनीको शेयरमा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो ।  बरुण हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता रू.४८६,माउण्टेन हाइड्रोको रू. ३७९,युनिभर्सल पावरको रू. २७९ र घलेम्दी हाइड्रोको शेयर मूल्य प्रतिकित्ता रू. २४७ पुगेको छ ।  यी बाहेकका दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य पनि अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ९२ प्रतिशतले वृद्धि भएर रू. २३२ पुगेको हो ।  योदिन अधिकांश हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै उक्त समूहको परिसूचक २ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।