लगानीकर्ताको आकर्षण जलविद्युतको शेयरमा : ५ ओटा कम्पनीको मूल्य उच्च दरले वृद्धि

असार ३१, काठमाडौं । साताको अन्तिम कारोबार दिन बजार खुलेको डेढ घण्टाको कारोबार अवधिमा अधिकांश जलविद्युत् कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ ।  बजार खुलेको डेढ घण्टामा कारोबारमा आएका २१३ ओटा कम्पनीमध्ये ५ ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ ।  रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ६७ प्रतिशत, ङादी ग्रुप पावर कम्पनीको ७ दशमलव ४९ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ७ दशमलव २९ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ६ दशमलव ४६ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ६ दशमलव शून्य २ प्रतिशतले वृद्धि भएको हो ।  यी पाँचओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो ।