दोहोरो अंकले बढ्यो बजार, हाइड्रोपावर कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । यस दिन परिसूचक १६ दशलमव २४ अंक बढेर १ हजार ९८५ दशमलव ४३ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन रू. ८७ करोड बराबरको शेयर कारोबार भएकोमा आज १ अर्बभन्दा बढीको कारोबार भएको हो । बजार निकै घटेका कारण अधिकांश कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा झरेको छ भने सूचीकृत कम्पनीहरूले लाभांश प्रस्ताव गर्न थालेका छन् । यी कारणले गर्दा बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् । केही नीतिगत अवरोधलाई समाधान गर्न सकेमा शेयर बजारले नयाँ विन्दु कायम गर्न सक्ने उनीहरूको भनाइ छ ।  मंगलवार कारोबारमा आएका २७२ धितोपत्रको ४३ लाख ३६ हजार ५८३ कित्ता शेयर ५० हजार २९६ पटकमा ५० हजार २९६ पटकमा रू. १ अर्ब १७ करोड बराबरको शेयर कारोबार भएको छ । मंगलवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७२ प्रतिशत वृद्धि भएको छ ।  यस दिन कारोबारमा आएका धितोपत्रमध्ये शुभम पावरको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ९७५ दशमलव ८० पुगेको हो । त्यस्तै थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर रू. ४०८ दशमलव ५० पुगेको हो ।  मंगलवार सबैभन्दा बढी इमर्जिङ नेपालका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ८ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९७० मा झरेको छ । त्यस्तै आरविवि म्युचुअल फण्ड २ को इकाई मूल्य ५ दशमलव ६४ प्रतिशत घटेर रू. ७ दशमलव ७० कायम भएको हो ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । कम्पनीको रू. १० करोड ६४ लाख बराबरको भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४८५ दशमलव ५० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ओरियण्टल होटल्स छ । कम्पनीको रू. ४ करोड १० लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल एण्ड पर्यटन समूहको परिसूचक शून्य दशमलव ०९ प्रतिशत र व्यापार समूहको परिसूचक शून्य दशमलव ९३ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । मंगलवार लगानीकर्ताको आकर्षण हाइड्रोपावर समूहको शेयरमा परेको छ । सोही कारण उक्त समूहको सूचक सबैभन्दा बढी ३ दशमलव २१ प्रतिशत वृद्धि भएको छ । अधिकांश हाइड्रोपावर कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । 

सम्बन्धित सामग्री

सेयर बजार दोहोरो अंक घट्यो, कारोबार बढ्यो

६ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से दोहोरो अंक १०.४४ ले घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २०६८ अंकमा रहेर यो साता बन्द भएको छ । परिसूचक घट्दा कारोबार रकम …

नेप्से दोहोरो अंकले बढ्यो, २ अर्ब ६८ करोडको सेयर कारोबार

सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंक (१४.३३ अंक)ले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ०.७२ प्रतिशतले बढी हो ।

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंक बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अंकले बढेर दुई हजार ८८ दशमलव ७० अंकमा कायम भएको हो । आज विभिन्न दुई सय ८२ कम्पनीका ६४ लाख ५० हजार नौ सय ३४ कित्ता शेयर ४६ हजार सात […]

सेयर बजार दोहोरो अंकले बढ्यो, आँधिखोला लघुवित्तको हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौं।  मंगलबार सेयर बजारमा कारोबार तथा सूचक दुबै बढेको छ। मंगलबार नेप्से परिसूचक दोहोरो अंक अर्थात १४.२२ अंकले बढेर १८७३.११

सेयर बजार दोहोरो अंक बढ्यो, सबै उपसमूह उक्लिए

सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से १४.२२ अंक बढेर १८७३ अंकमा कायम भएको छ । कुल ९३ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भयो । १५२ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने १३ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् ।

तिहारपछि खुलेको सेयर बजार दोहोरो अंक बढ्यो

तिहारपछि खुलेको पहिलो दिनको सेयर बजार दोहोरो अंकले बढेको छ । दिनभर कुल ६९ करोड ७३ लाख रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक १६.३९ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से १८७४ अंकमा कायम भएको छ । कुल ११० कम्पनीको मूल्य बढ्दा ६५ को घट्यो भने १० को स्थिर रह्यो ।

लगातार तेस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बढ्न थालेको नेप्से परिसूचक हिजो सोमबार र आज मंगलबारसम्म पनि दोहोरो अंकले बढेको हो ।नेप्सेमा आइतबार ६० अंकको सुधार आएको थियो । हिजो सोमबार ३२ अंकले बढेको थियो भने आज मंगलबार ६३ अंकले बढेको छ । यससँगै पछिल्लो तीन कारोबार दिनमा नेप्से परिसूचक १५५ अंकले बढेको छ ।आज ६३ अंकले बढेको नेप्सेमा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको ९१ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । लगातार तेस्रो दिन दोहोरो अंक

दोहोरो अंक बढ्यो नेप्से, कारोबारमा भारी गिरावट - Naya Patrika

साताको अन्तिम दिन विहिबार नेप्से परिसूचक दोहोरो अंक बढेको छ । १० दशमलव ४५ अंक बढेर नेप्से परिसूचक १२५२ दशमलव ५२ बिन्दुमा पुगेको छ । व्यापार सुरु भएदेखि बढ्न थालेको...पूरा पढ्नुहोस् »