लगानीकर्ताको आकर्षण हाइड्रोपावर कम्पनीमा, ४ ओटा कम्पनीको शेयर मूल्यमा सर्किट

जेठ ११, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजारमा करेक्सन आएसँगै पुन लगानीकर्ताको आकर्षण हाइड्रोपावर कम्पनीहरुको शेयरमा परेको छ ।  सोही कारण  मंगलवार चार ओटा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्किट लेबलमा वृद्धि भएको हो । कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये अधिकांश हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।  जसमध्ये बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको हो ।  त्यसैगरी माउण्टेन हाइड्रो नेपालको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशत,युनिभर्सल पावरको ९ दशमलव ८४ प्रतिशत र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ दशमलव ७८ प्रतिशतले वृद्धि भएको हो । ती चार ओटै कम्पनीको शेयरमा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो ।  बरुण हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता रू.४८६,माउण्टेन हाइड्रोको रू. ३७९,युनिभर्सल पावरको रू. २७९ र घलेम्दी हाइड्रोको शेयर मूल्य प्रतिकित्ता रू. २४७ पुगेको छ ।  यी बाहेकका दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य पनि अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ९२ प्रतिशतले वृद्धि भएर रू. २३२ पुगेको हो ।  योदिन अधिकांश हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै उक्त समूहको परिसूचक २ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।   

सम्बन्धित सामग्री

आज यी कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौं, ३० कात्तिक । शेयर बजारमा ५ अर्ब बढीको शेयर कारोबार भएको छ । मंगलबार १७१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५ वटा कम्पनीको मात्रै शेयर मुल्य घटेको नेप्सेले जनाएको छ । त्यस्तै, नेपाल बङलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्यामाइृ हाइड्रोपावर, अपर तामाकोशी, मैलुङ खोला जलविद्युत कम्पनीको आज शेयरमुल्य १० प्रतिशतका […]

शेयर बजार घटे पनि यी २ कम्पनीमा लाग्यो सकारात्मक सर्किट ब्रेक

समग्र शेयर बजारमा गिरावट आएपनि आइतवार २ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भइ सकारात्मक सर्किट ब्रेक लागेको छ । आइतवार नारायणी विकास बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।  जसअन्तर्गत नारायणीको शेयर मूल्य १० प्रतिशतले बढ्दै १ हजार १ सय ३७ रुपैयाँ ४० पैसा पुगेको छ । आइतवारमात्रै कम्पनीको शेयर मूल्य १ सय ३ रुपैयाँ ४० पैसाले बढेको हो ।  यस्तै खानीखोलाको शेयर मूल्य १० प्रतिशतले नै बढ्दै ४ सय ३२ रुपैयाँ ३० पैसा पुगेको छ । आइतवार कम्पनीक...

नारायणी डेभलपमेन्टसहित यी कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौं, १० भदौ । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा आज १४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेको अनुसार आज नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, घलेम्दी हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैंकिङ, अरुण भ्याली हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका […]

शेयर बजारमा भारी गिरावट, १४ कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

मंगलवार  शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अधिकांश जलविद्युत कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेर घटेपछि नेप्सेमा आधा शतकभन्दा बढीको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलवार सूचक ५६.०३ अंकले घटेर ३१२४.८७ बिन्दुमा झरेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १२.८१ अंकले घटेर ५७७.६६ बिन्दुमा झरेको छ । मंगलवार १४ हाइड्रोपावर कम्पनीको शेयरमूल्य घटेर नकारात्मक सर्किट लागेको छ । यसदिन आँखुखोला हाइड्रोपावर, युनिभर्सल पावर, कालिका पावर, जोशी हाइड्रोपावर, रुरु जलविद्युत परियोजन...

अरुण भ्याली हाइड्रोपावर र अरुण काबेलीको शेयरमूल्यमा सर्किट

भदौ २, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको १० मिनेटमै दुई ओटा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  उक्त अवधिमा अरुण भ्याली हाइड्रोपावर र अरुण काबेली पावरको शेयरमूल्यमा सर्किट लागेको हो । यी दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार १० प्रतिशतले वृद्धि भएको हो । उक्त अवधिसम्ममा अरुण भ्यालीको शेयरमूल्य प्रतिकित्ता रू. ६९० दशमलव ८० र अरुण काबेलीको रू. ८०२ दशमलव २०मा कारोबार भइरहेकोे छ ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । अरुण काबेली बोनस शेयर र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो । उक्त कम्पनीले १७ प्रतिशत बोनस शेयर पश्चात शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

खानीखोला हाइड्रोपावर र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्किट

भदौ १, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको आधा घण्टामा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  उक्त अवधिसम्ममा खानीखोला हाइड्रोपावर र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको हो । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । खानीखोलाको शेयरमूल्य प्रतिकित्ता रू. ५०५ दशमलव ७० र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य रू. ४८२ दशमलव ७० पुगेको छ । उक्त अवधिसम्ममा खानीखोला हाइड्रोपावरको शेयरमा २ लाख ११ हजार ८०९ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको  छ । त्यसैगरी नेशनल हाइड्रोपावर कम्पनीको शेयरमा २ लाख ९८ हजार ३५५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

यी ५ कम्पनी, नेप्से घट्दा पनि जसको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट ब्रेक

सोमवार नेप्से परिसूचक घटेपनि शेयर बजारमा विभिन्न ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै २ कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ ।  सोमवार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जानकी फाइनान्स लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, बिशाल बजार कम्पनी लिमिटेड र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस्तै न्याग्दी ग्रुप पावर लिमिटेड र हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको छ ।  ...

चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं। धितोपत्र बजारमा आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। ती कम्पनीको शेयर मूल्य १० प्रतिशत बढीले वृद्धि भई सकारात्मक सर्किट लागेको हो। ती कम्पनीमा नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर रहेका छन्। यस्तै ङादी हाइड्रोपावर ९.९८, ओरियण्टल होटल ९.९६, सिइडिसि हाइड्रोपावर ९.९६ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाए।

शेयर बजारमा करेक्सन: विशाल बजार र महिला लघुवित्तको शेयरमा सकारात्मक सर्किट कायमै

बुधवार शेयर बजारमा १३ अंकको करेक्सन आएको छ। मंगलबार एकै दिन करिब ९२ अंक बढेको बजारमा बुधवार सामान्य करेक्सन भएको हो। विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयर मूल्य बुधवार पनि करिब १० प्रतिशतले बढेको छ। यो सहित बजारमा जम्मा ३५ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ। पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, रैराङ हाइड्रोपावर र सिन्धु विकास बैंकको शेयर मूल्य ४/६ प्रतिशतसम्म घटेको छ। यो सहित १४१ भन्दा धेरै कम्पनीको शेयर मूल्य घटेको छ। नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सर्वाधिक २८ करोड रुपैयाँको शेयर किनबेच हुँदा माथिल्लो त...

आज पनि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट

साताको दोस्रो दिन सोमवार शेयर बजारमा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्यमा सर्किट लागेको छ ।  सोमवार शुरूवाती कारोबारमा १० प्रतिशतले बढ्दै शेयर मूल्य ६ सय ६० रुपैयाँ पुगेको छ । आइतवार बैंकको शेयर मूल्य ६ सय रुपैयाँ रहेको थियो ।  नेप्सेमा कारोबार शुरू गरेकै दिनदेखि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै आएको छ । शेयर बजार विश्लेषकहरूले निफ्राको शेयर मूल्य अझै बढ्न सक्ने बताउँदै आएका छन् ।  सोमवार निफ्रासँगै नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, रधि विद्युत कम्पनी, शिव श्री हाइड्रोपावर लिमिटेड...