काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.अनुप बास्तोलाले कोरोना महामारी फेरि बढ्न सक्ने बताएका छन्।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ प्रेस ब्रिफिङमा उनले एक सातादेखि पुन: संक्रमणदर बढ्दै गएको बताएका हुन्।सर्वसाधारणले अझै मापदण्ड पालना नगरे आउने दिन थप कठिनाइपूर्ण हुन सक्ने उनको भनाइ छ। उनले भने,‘अहिले निषेधाज्ञा खुकुलो गरिएको छ,जसले सर्वसाधारणले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्दा संक्रमण दर बढ्दै गइरहेको छ।’उनका अनुसार पछिल्लो