बेलायत सरकारले नेपाललाई १ लाख ३० हजार मात्रा कोरोना विरुद्धको खोप उपलब्ध गराएको छ ।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोना विरुद्धको खोप हस्तान्तरण गरिन् ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘बेलायत सरकारको सौजन्यमा १३०,००० मात्रा अस्ट्राजेनेका खोप प्राप्त भएको छ । सहयोगका लागि महामहिम राजदूत निकोला पोलिटमार्फत बेलायत सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
जापानबाट प्राप्त खोप १२ कक्षाका परीक्षार्थीलाई दुवै मात्रा दिइने राज्यमन्त्री श्रेष्ठले जनाएक...