जनकपुरधाम : कोरोना विरुद्धको खोप धनुषामा निजी मेडिकल पसलबाट बिक्री गरिएको सम्बन्धमा औषधि व्यवस्था विभागले अनुसन्धान गर्ने भएको छ।धनुषाको सहिदनगर नगरपालिकाको एउटा निजी मेडिकल पसलमा बिहीबार अनुगमनका क्रममा कोरोना विरुद्धका ६ भाइल खोप फेला परेको थियो।सरकारले सर्वसाधारणलाई निःशुल्क उपलब्ध गराएको ४ भाइल भेरोसेल, १ भाइल जोन्सन एन्ड जोन्सन र १ भाइल अस्ट्राजेनेका खोप सहिदनगर नगरपालिका–३ यदुकोहास्थित श्रीराम हेल्थ केयरमा फेला परेको थियो।खोप फेला परे