चौतर्फी दबाबपछि कोरोना बिमाको दाबी भुक्तानी दिने क्रम बढ्यो

काठमाडौं । कोरोना बिमाको दाबी भुक्तानी दिने क्रमकेही बढेको छ । गत महिना लगातार दुईपटकसम्म अर्थमन्त्रालयले दिएको कडा निर्देशनपछि बिमा समितिले कोरोना बिमाको दाबी भुक्तानी प्रक्रियालाई तीव्रता दिएसँगै अहिले भुक्तानी पाउने क्रममा केही सुधार आएको हो ।बिमासमितिका अनुसार विभिन्न २० वटा निर्जीवन बिमा कम्पनीले बितेका पछिल्लो ६ दिनमा मात्रै कोरोना बिमाबापत ३ हजार जनालाई कुल ३४ करोड ४४ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।समितिले उपलब्ध गराएको मंगलबारसम्मको तथ्यांकअनुसार हालसम्म कुल २१ हजार ५ सय १

सम्बन्धित सामग्री

आइएमई लाइफको नाफा यो वर्ष ९६ प्रतिशत बढ्यो

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिसम्म ९६ प्रतिशतभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष ११ करोड ९६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २३ करोड ४७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको कुल आम्दानी २२ प्रतिशतभन्दा बढी र कुल खर्च १८ प्रतिशतभन्दा बढी भएको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ६४ करोड रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो भने २ अर्ब ४१ करोड रूपैयाँभन्दा बढी कुल खर्च गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको कुल बीमाशुल्क आम्दानी गत वर्षभन्दा १२ प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब ८७ करोड रूपैयाँभन्दा बढी कुल बीमाशुल्क आम्दानी गरेको कम्पनीले यस वर्ष २ अर्ब १० करोड रूपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको हो । कुल दाबी भुक्तानी भने गत वर्षभन्दा करिब ४८ प्रतिशतट बढी भएको छ । गत वर्ष ६३ करोड २९ लाख रूपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष ९३ करोड ४४ लाख रूपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब रूपैयाँ रहेको छ । शेयर प्रिमियममा १ अर्ब ५३ करोड ३४ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निग ८५ करोड २ लाख रूपैयाँभन्दा बढी छ । अदर इक्वीटी रकम भने ५५ करोड ३६ लाख रूपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी ४७ रूपैयाँ २९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७७ रूपैयाँ २७ पैसा छ ।   रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

बिमामा अविश्वास बढ्यो, पहुँच घट्यो

बिमा कम्पनीहरूले दाबी भुक्तानीमा ढिलाइ गरेसँगै बिमा क्षेत्रप्रति सर्वसाधारणको अविश्वास बढेको छ । सरकारले पैसा नदिएको भन्दै कम्पनीहरूले कोरोना, कृषि बिमालगायतको दाबी भुक्तानी रोकेका छन् । अन्य दाबी भुक्तानीमा पनि ढिलाइ गरिरहेका छन् । यसो गर्दा समग्र बिमाप्रति नागरिकको विश्वासमा कमी आएको जानकार बताउँछन् ।

प्रिमियममा आईपीओ जारी गर्न लागेको आईएमई लाइफको नाफा करीब ७९ प्रतिशत बढ्यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (IME Life Insurance Company Limited)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १८ करोड २४ लाखभन्दा बढी खुद नाफा (Net Profit) गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ७८ दशमलव ८८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १० करोड १९ लाखभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।  यस वर्ष कम्पनीको आम्दानी ५२ दशमलव ३० प्रतिशत बढेको छ । गत वर्ष रू. १६ करोड २२ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २४ करोड ७० लाखभन्दा बढी आम्दानी गरेको हो । खर्च भने गत वर्ष रू. ६ करोड २ लाखभन्दा बढी खर्च गरेको कम्पनीले रू. ६ करोड ४५ लाखभन्दा बढी खर्च गरेको हो । तेस्रो त्रैमाससम्म कम्पनीले गत वर्षभन्दा २२ प्रतिशत बढी कुल बीमा शुल्क (Premium) आर्जन गरेको छ । गत वर्ष रू. २ अर्ब ४४ करोड ७३ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. २ अर्ब ९८ करोड ५८ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको हो । कुल दाबी भुक्तानी भने गत वर्षभन्दा ३० दशमलव ८८ प्रतिशत बढी भएको हो । गत वर्ष रू. ६३ करोड ७७ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ८३ करोड ४७ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी (Paid up Capital) रू. २ अर्ब ८० करोड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियम वापत रू. १७६ थप गरी प्रतिकित्ता रू. २७६ मूल्यमा १ करोड २० लाख कित्ता आईपीओ (IPO) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (Sebon)मा चैत २७ गते निवेदन दिएको छ । आईपीओपछि कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब पुग्नेछ । यस कम्पनीलाई नेपाल बीमा प्राधिकरण (Nepal Insurance Authority)ले कायम गरेको चुक्ता पूँजीको व्यवस्था अनुसार रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । आईपीओ पछि कम्पनीलाई थप रू. १ अर्ब चुक्ता पूँजी आवश्यक हुनेछ । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १० करोडभन्दा बढी रहेको छ । जीवन बीमा कोषमा रू. ६ अर्ब ७ करोडभन्दा बढी रहेको कम्पनीले बीमालेख धितोमा रू. ५६ करोड ५८ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ६७ रहेको छ ।

यो वर्ष ५६% ले बढ्यो जनरल इन्स्योरेन्सको खुद नाफा

माघ २४, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ५ करोड ६८ लाख खुद नाफा गरेको छ ।  कम्पनीले गत वर्षभन्दा यस वर्ष ५६ दशमलव शून्य ४ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ६४ लाख खुद नाफा गरेको थियो ।  यस वर्ष कम्पनीको आम्दानी ५० दशमलव ३८ प्रतिशत बढेको छ भने खर्च ४३ दशमलव १४ प्रतिशत बढी भएको छ । कम्पनीले रू. ९ करोड ९७ लाख आम्दानी गरेकोमा रू. ४ करोड २८ लाख खर्च गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने जगेडा कोष रकम रू. १३ करोड ३ लाख छ । बीमा कोष रकम रू. १४ करोड ९२ लाख रहेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम ९६ दशमलव ८३ प्रतिशत र जीवन बीमा कोष ९९ दशमलव ४७ प्रतिशत बढेको हो । कम्पनीले गत वर्षभन्दा यस वर्ष ३२ दशमलव ९१ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको छ भने ५२ दशमलव ३९ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको छ ।  यस वर्ष कम्पनीले रू. ४६ करोड ५७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ११ करोड ४९ लाख कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष यस अवधिमा ४२ हजार ७१५ बीमालेख जारी गरेको कम्पनीले यस वर्ष ३८ हजार ९८ बीमालेख जारी गरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव १८ छ । यो पनि हेर्नुस् : पहिलो त्रैमासमा जनरल इन्स्योरेन्स कम्पनीको नाफा ६१% बढ्यो

बीमा क्षेत्रकै शाखमा धक्का

लामो  समयसम्म कोरोना बीमा दाबी भुक्तानी नहुँदा सर्वसाधारणमा समग्र बीमा व्यवसायप्रति नै नकारात्मक सन्देश जान  थालेको  छ ।   नेपालमा  कोरोना  सङ्क्रमण सुरु  भएपछि  सङ्क्रमितलाई  पौष्टिक  आहारका लागि आर्थिक सहयोग हुने भन्दै सङ्क्रमणलगत्तै रकम  दिनेगरी  सञ्चालनमा  ल्याएको  कोरोना बीमा कार्यक्रमले सुरुवातमा राम्रै चर्चा बटुुल्योध्रसङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा  गर्नेको  सङ्ख्या  पनि  ह्वात्तै  बढ्यो  तर बीमालेख...

कोभिडको दाबी भुक्तानी रोकिँदा बजारमा बीमा कम्पनीहरु प्रति नै बढ्यो अविश्वास

काठमाडौं। रकमका हिसाबले सबैभन्दा थोरैको हो कोरोना बीमा। ६ सय र हजार रुपैयाँमा बीमा गरेकाहरुले सोचेका थिए, दाबी भुक्तानी

पशुधन दाबी भुक्तानी १० प्रतिशतले बढ्यो - Karobar National Economic Daily

काठमाडौंः गत आर्थिक वर्ष ०७३-७४ मा पशुधन सुरक्षणअन्तर्गत पर्ने दाबी १० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिएको पशुधनमा परेको १ करोड…