कोभिडको दाबी भुक्तानी रोकिँदा बजारमा बीमा कम्पनीहरु प्रति नै बढ्यो अविश्वास

काठमाडौं। रकमका हिसाबले सबैभन्दा थोरैको हो कोरोना बीमा। ६ सय र हजार रुपैयाँमा बीमा गरेकाहरुले सोचेका थिए, दाबी भुक्तानी

सम्बन्धित सामग्री

प्रिमियममा आईपीओ जारी गर्न लागेको आईएमई लाइफको नाफा करीब ७९ प्रतिशत बढ्यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (IME Life Insurance Company Limited)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १८ करोड २४ लाखभन्दा बढी खुद नाफा (Net Profit) गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ७८ दशमलव ८८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १० करोड १९ लाखभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।  यस वर्ष कम्पनीको आम्दानी ५२ दशमलव ३० प्रतिशत बढेको छ । गत वर्ष रू. १६ करोड २२ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २४ करोड ७० लाखभन्दा बढी आम्दानी गरेको हो । खर्च भने गत वर्ष रू. ६ करोड २ लाखभन्दा बढी खर्च गरेको कम्पनीले रू. ६ करोड ४५ लाखभन्दा बढी खर्च गरेको हो । तेस्रो त्रैमाससम्म कम्पनीले गत वर्षभन्दा २२ प्रतिशत बढी कुल बीमा शुल्क (Premium) आर्जन गरेको छ । गत वर्ष रू. २ अर्ब ४४ करोड ७३ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. २ अर्ब ९८ करोड ५८ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको हो । कुल दाबी भुक्तानी भने गत वर्षभन्दा ३० दशमलव ८८ प्रतिशत बढी भएको हो । गत वर्ष रू. ६३ करोड ७७ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ८३ करोड ४७ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी (Paid up Capital) रू. २ अर्ब ८० करोड रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियम वापत रू. १७६ थप गरी प्रतिकित्ता रू. २७६ मूल्यमा १ करोड २० लाख कित्ता आईपीओ (IPO) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (Sebon)मा चैत २७ गते निवेदन दिएको छ । आईपीओपछि कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब पुग्नेछ । यस कम्पनीलाई नेपाल बीमा प्राधिकरण (Nepal Insurance Authority)ले कायम गरेको चुक्ता पूँजीको व्यवस्था अनुसार रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । आईपीओ पछि कम्पनीलाई थप रू. १ अर्ब चुक्ता पूँजी आवश्यक हुनेछ । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १० करोडभन्दा बढी रहेको छ । जीवन बीमा कोषमा रू. ६ अर्ब ७ करोडभन्दा बढी रहेको कम्पनीले बीमालेख धितोमा रू. ५६ करोड ५८ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ६७ रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीको नाफा ४१% बढ्यो, प्रतिशेयर आम्दानी रू. १४५.७५

माघ २७, काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १३ करोड ७४ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १९ करोड ४३ लाख पुगेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २६ करोड ५२ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३४ करोड ७ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. २६ करोड ६६ लाख रहेको छ भने जगेडामा रू. ३ अर्ब २४ करोड र बीमा कोषमा रू. २ अर्ब ५७ करोड सञ्चित गरेको हो ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ५९ करोड ३५ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा भने ३० प्रतिशत घटेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ८५ करोड ८८ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ हजार १९३ जनालाइ रू. २३ करोड ६ लाख दाबी भुक्तानी गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १४५ दशमलव ७५ (वार्षिक) मूल्य आम्दानी अनुपात २५८ दशमलव ११ गुणा, तरलता अनुपात ३ दशमलव ७७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ हजार ३१७ दशमलव २५ रहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा ३१.३२% बढ्यो

माघ २७, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ७ करोड ६० लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३१ दशमलव ३२ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५ करोड ७८ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानी २७ दशमलव ९९ प्रतिशत बढी र खर्च २१ दशमलव ९९ प्रतिशत बढी भएको छ । कम्पनीले रू. ११ करोड ५२ लाखभन्दा बढी आम्दानी गरेको हो भने रू. ३ करोड ९२ लाखभन्दा बढी खर्च गरेको छ ।  कम्पनीले गत वर्षभन्दा यस वर्ष २४ दशमलव ८३ प्रतिशत बढी रू. १ अर्ब ४४ करोड कुल बीमाशुल्क आर्जन गरेको छ भने १५६ दशमलव २३ प्रतिशत बढी रू. ३७ करोड २४ लाख कुल दाबी भुक्तानी गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ भने जगेडा कोष रकम रू. १८ करोड १७ लाखभन्दा बढी छ । कम्पनीको जीवन बीमा कोष रकम भने रू. ३ अर्ब ३६ करोडभन्दा बढी छ । जगेडा कोष रकम गत वर्षभन्दा ८ दशमलव ४६ प्रतिशत कम भएको हो भने जगेडा कोष रकम ८७ दशमलव २७ प्रतिशत बढेको हो ।  वार्षिक प्रतिशेयर आम्दानी रू. ७ दशमलव २४ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव २० रहेको छ ।

यो वर्ष ५६% ले बढ्यो जनरल इन्स्योरेन्सको खुद नाफा

माघ २४, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ५ करोड ६८ लाख खुद नाफा गरेको छ ।  कम्पनीले गत वर्षभन्दा यस वर्ष ५६ दशमलव शून्य ४ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ६४ लाख खुद नाफा गरेको थियो ।  यस वर्ष कम्पनीको आम्दानी ५० दशमलव ३८ प्रतिशत बढेको छ भने खर्च ४३ दशमलव १४ प्रतिशत बढी भएको छ । कम्पनीले रू. ९ करोड ९७ लाख आम्दानी गरेकोमा रू. ४ करोड २८ लाख खर्च गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने जगेडा कोष रकम रू. १३ करोड ३ लाख छ । बीमा कोष रकम रू. १४ करोड ९२ लाख रहेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम ९६ दशमलव ८३ प्रतिशत र जीवन बीमा कोष ९९ दशमलव ४७ प्रतिशत बढेको हो । कम्पनीले गत वर्षभन्दा यस वर्ष ३२ दशमलव ९१ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको छ भने ५२ दशमलव ३९ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको छ ।  यस वर्ष कम्पनीले रू. ४६ करोड ५७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ११ करोड ४९ लाख कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष यस अवधिमा ४२ हजार ७१५ बीमालेख जारी गरेको कम्पनीले यस वर्ष ३८ हजार ९८ बीमालेख जारी गरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव १८ छ । यो पनि हेर्नुस् : पहिलो त्रैमासमा जनरल इन्स्योरेन्स कम्पनीको नाफा ६१% बढ्यो

अजोड इन्स्योरेन्सको नाफा यस वर्ष १४ % बढ्यो, ७९ करोडभन्दा बढी बीमाशुल्क आर्जन

माघ १८, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ करोड ६३ लाख खुद नाफा गरेको छ ।  गत वर्ष यो अवधिसम्म कम्पनीले रू. ४ करोड ६ लाख यो नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा १४ दशमलव शून्य ४ प्रतिशत बढेको हो ।  यस वर्ष कम्पनीले १५ दशमलव ७० प्रतिशत बढी आम्दानी गरेको छ भने १७ दशमलव ७२ प्रतिशत बढी खर्च गरेको छ । रू. ८ करोड ५५ लाख आम्दानी गरेको कम्पनीले रू. ३ करोड ९२ लाख खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने जगेडा कोष रकम रू. ११ करोड ८० लाख छ । गत वर्षको तुलनामा जगेडा कोष रकम ७७ दशमलव ९८ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ६ करोड ६३ लाख थियो । कम्पनीको बीमा कोष रकम पनि गत वर्षभन्दा ६३ दशमलव ६० प्रतिशत बढेको छ । गत वर्ष रू. ८ करोड २७ लाख रहेको बीमा कोष रकम यस वर्ष रू. १३ करोड ५३ लाख पुगेको छ । गत वर्षभन्दा १६ दशमलव शून्य ९ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्षभन्दा ६९ दशमलव शून्य ६ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको छ । यस वर्ष कम्पनीले रू. ७९ करोड २१ लाख कुल बीमाशुल्क आर्जन गरेकोमा रू. ३५ करोड ८ लाख कुल दाबी भुक्तानी गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव ४० रहेको छ ।

ज्योति लाईफको कुल बीमा शुल्क आर्जन करीब ५० % बढ्यो

मंसिर १, काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. ८१ करोड ७८ लाख २७ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष कुल बीमाशुल्क आर्जन  रकम ४९ दशमलव ८६ प्रतिशतय वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५४ करोड ५७ लाख २४ हजार  कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिसम्म कम्पनीले गत वर्षभन्दा ६६० दशमलव शून्य ४ प्रतिशत बढी अर्थात् रू. ७ करोड ९७ लाख ४४ हजार कुल दाबी भुक्तानी गरेको छ  । गत वर्ष कम्पनीले १ करोड ४ लाख ९२ हजार दाबी भुक्तानी गरेको थियो । यस वर्ष कम्पनीको खुद नाफा भने २७ दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ ।  गत वर्ष ७ करोड २२ लाख २२ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ९ करोड २२ लाख ८० हजार नाफा गरेको हो । कम्पनीको आम्दानी गत वर्ष रू. ८ करोड  ६० लाख ६५ हजार रहेकोमा यस वर्र्ष ४२ दशमलव ३२ प्रतिशत बढी रू. १२ करोड २४ लाख ८९ हजार भएको छ । आईपीओ मार्फत चुक्तापूँजी बृद्धि गरी रू. २ अर्ब २० करोड पुर्‍याएको कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ४३ दशमलव ५३ प्रतिशत र जीवन बीमा कोष रकम १०१ दशमलव २५ प्रतिशत वृद्धि गरेको छ । पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ६६ करोड १० लाख २४ हजार र जीवन बीमा कोष रकम रू. ४ अर्ब ५४ करोड ७६ लाख ७६ हजार कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १६ दशमलव ०४ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव ६१ छ ।    कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात पहिलो पटक लाभांश वितरण गर्न लागेको हो । उक्त कम्पनीले सर्वसाधारणमा २०७७ साल फागुन २१ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरी २०७७ साल चैत १३ गते बाँडफाँट गरेको थियो । यो पनि हेर्नुस् : ज्योति लाईफ इन्स्योरेन्सले प्रस्ताव गर्‍यो १०.५३% लाभांश ज्योति लाईफ इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन शतप्रतिशत वृद्धि

बीमा क्षेत्रकै शाखमा धक्का

लामो  समयसम्म कोरोना बीमा दाबी भुक्तानी नहुँदा सर्वसाधारणमा समग्र बीमा व्यवसायप्रति नै नकारात्मक सन्देश जान  थालेको  छ ।   नेपालमा  कोरोना  सङ्क्रमण सुरु  भएपछि  सङ्क्रमितलाई  पौष्टिक  आहारका लागि आर्थिक सहयोग हुने भन्दै सङ्क्रमणलगत्तै रकम  दिनेगरी  सञ्चालनमा  ल्याएको  कोरोना बीमा कार्यक्रमले सुरुवातमा राम्रै चर्चा बटुुल्योध्रसङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा  गर्नेको  सङ्ख्या  पनि  ह्वात्तै  बढ्यो  तर बीमालेख...