बिमामा अविश्वास बढ्यो, पहुँच घट्यो

बिमा कम्पनीहरूले दाबी भुक्तानीमा ढिलाइ गरेसँगै बिमा क्षेत्रप्रति सर्वसाधारणको अविश्वास बढेको छ । सरकारले पैसा नदिएको भन्दै कम्पनीहरूले कोरोना, कृषि बिमालगायतको दाबी भुक्तानी रोकेका छन् । अन्य दाबी भुक्तानीमा पनि ढिलाइ गरिरहेका छन् । यसो गर्दा समग्र बिमाप्रति नागरिकको विश्वासमा कमी आएको जानकार बताउँछन् ।