आइएमई लाइफको नाफा यो वर्ष ९६ प्रतिशत बढ्यो

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिसम्म ९६ प्रतिशतभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष ११ करोड ९६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २३ करोड ४७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको कुल आम्दानी २२ प्रतिशतभन्दा बढी र कुल खर्च १८ प्रतिशतभन्दा बढी भएको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ६४ करोड रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो भने २ अर्ब ४१ करोड रूपैयाँभन्दा बढी कुल खर्च गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको कुल बीमाशुल्क आम्दानी गत वर्षभन्दा १२ प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब ८७ करोड रूपैयाँभन्दा बढी कुल बीमाशुल्क आम्दानी गरेको कम्पनीले यस वर्ष २ अर्ब १० करोड रूपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको हो । कुल दाबी भुक्तानी भने गत वर्षभन्दा करिब ४८ प्रतिशतट बढी भएको छ । गत वर्ष ६३ करोड २९ लाख रूपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष ९३ करोड ४४ लाख रूपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब रूपैयाँ रहेको छ । शेयर प्रिमियममा १ अर्ब ५३ करोड ३४ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निग ८५ करोड २ लाख रूपैयाँभन्दा बढी छ । अदर इक्वीटी रकम भने ५५ करोड ३६ लाख रूपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी ४७ रूपैयाँ २९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७७ रूपैयाँ २७ पैसा छ ।   रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस 

सम्बन्धित सामग्री

सानिमा लार्ज क्याप फण्डको नाफा ३४.७२ प्रतिशत बढ्यो

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नाफा माघको तुलनामा फागुन मसान्तमा ३४ दशमलव ७२ प्रतिशत वृद्धि भएको छ । माघ मसान्तमा फण्डले रू. १ करोड ६९ लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. २ करोड २७ लाख पुगेको हो । फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. २ करोड ९२ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड ६९ लाख पुगेको छ ।  नाफासँगै फण्डको न्याभ बढेको हो । माघ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ९२ पैसा रहेकोमा फागुन मसान्तमा बढेर ९ रुपैयाँ ९७ पैसा पुगेको हो । त्यस्तै फण्डले फागुन मसान्तमा सूचीकृत शेयर, बैंक मुद्दति निक्षेप, डिबेञ्चर र सार्वजनिक निष्कासन, हकप्रद, शेयर र बोनस शेयरमा गरेर कुल रू. १ अर्ब ६ करोड ३२ लाख लगानी गरेको छ । यो लगानी माघ मसान्तमा भने रू. १ अर्ब ६ करोड ५४ लाख थियो ।  रिपाेर्ट हर्न यहाँ क्लिक गर्नुहाेस्

२३ प्रतिशत बढ्यो बैंकको नाफा

काठमाडौं, साउन २२ । तरलता अभाव तथा आर्थिक गतिविधि सुस्ताए पनि गत आर्थिक वर्ष (आव) मा बैंकहरूको नाफा भने बढेको छ । गत आवको चौथो त्रैमासमा व्यवसाय प्रभावित भए पनि पहिलो, दोस्रो र तेस्रो त्रैमासमा गरेको व्यवसाय विस्तारबाट बैंकहरूको नाफामा सकारात्मक प्रभाव परेको हो । वाणिज्य बैंकहरूले प्रकाशित गरेको लेखापरीक्षण नभएको वित्तीय विवरणले उनीहरूको नाफा […]

निफ्राको नाफा १७.८६ प्रतिशतले बढ्यो

काठमाडौं, १० वैशाख । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म आइपुग्दा ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १७.८६ प्रतिशत ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ५८ करोड ९२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको […]

सिभिल बैंकको खुद नाफा ७९.९१ प्रतिशतले बढ्यो

काठमाडौं, ७ वैशाख । सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिल बैंकको खुद नाफा ७९.९१ प्रतिशतले बढेको छ । गत वर्ष बैंकले ५० करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, बैंकको खुद ब्याज र सञ्चालन नाफा ५९.३९ प्रतिशत र सञ्चालन नाफा भने ९१.४५ प्रतिशत ले बढेको छ । यसले गर्दा बैंकको नाफा […]

ग्लोबल आइएमई बैंकको खुद नाफा बढ्यो

काठमाडौं, ७ वैशाख । ग्लोबल आइएमई बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४.१३ प्रतिशत ले बढेको छ । बैंकको विवरण अनुसार ४.१३ प्रतिशतले बढेको नाफा ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा भने ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको […]

एचआइडीसीएलको नाफा ५.९१ प्रतिशतले बढ्यो

काठमाडौं, २९ माघ । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ ।कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले गत वर्ष भन्दा ५.९१ प्रतिशत बढी नाफा कमाएको हो । गत वर्ष यस कम्पनीले ४२ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो । यसले जलविद्युत […]

महामारीबीच बैंकहरूको नाफा तीन अर्बले बढ्यो

काठमाडौं, माघ १८ । कोरोना महामारी तथा पर्याप्त तरलता अभावबीच वाणिज्य बैंकहरूको खुद नाफा करिब तीन अर्ब रूपैयाँले वृद्धि भएको छ। चालु आर्थिक वर्षको ६ महिनामा सञ्चालनमा रहेका २७ बैंकहरूको नाफा ३४ अर्ब २१ करोड ६ लाख रूपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा ती बैंकहरूले करिब ३१ अर्ब ७ करोड ३२ लाख रूपैयाँ खुद […]

कालिका लघुवित्तको नाफा २०५.१८ प्रतिशतले बढ्यो

काठमाडौं, १५ माघ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८÷७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ४० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको […]

एनआइसी एसिया लघुवित्तको नाफा बढ्यो

काठमाडौं, ९ माघ । एनआइसी एसिया लघुवित्तको नाफा अधिकतम १२२ प्रतिशतले वृद्धि भएको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको हो जुन अघिल्लो वर्षको भन्दा १२२.०८ प्रतिशतले बढी हो । दोस्रो त्रैमास अबधिमा संस्थाको प्रति सेयर आम्दनी (EPS) ४०.७७ पुगेको छ । कम्पनीले […]