नेपाल लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, बीमा शुल्क संकलनसँगै दाबी भुक्तानी बढ्यो

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको ३ महिनामा खुद नाफामा उलेख्य वृद्धि भएको छ। कम्पनीले जारी गरेको त्रैमासिक

सम्बन्धित सामग्री

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ६० लाख नाफा कमाएकोमा चालू आवमा रू. ८ करोड ३७ लाख  पुगेको हो ।  चुक्तापूँजी रू. २ अर्ब ६५ करोड रहेको कम्पनीले जगेडा तथा कोषमा रू. ६९ करोड ९ लाख, जीवन बीमा कोषमा रू. १ खर्ब ४ अर्बभन्दा बढी र महाविपत्ति जगेडा कोषमा रू. ३६ करोड ८९ लाख सञ्चित गरेको छ । कम्पनीले  दीर्घकालीन लगानी, कर्जा तथा अन्यबाट रू. ५ अर्ब ७६ करोड र बीमालेख धितोमा कम्पनीले रू.२१ अर्ब ४९ करोड कर्जा लगानी गरी रू. १ अर्ब ७० करोड आम्दानी गरेको छ । कम्पनीले ६ लाख ८३ हजार ८३४ बीमालेख जारी गरेर रू. १२ अर्ब ९४ करोडभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको छ । चालू आवमा कम्पनीले रू. ६ अर्ब ५५ करोड कुल दाबी भुक्तानी गरेको छ भने रू. ३४ करोड ८९ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव १६ र प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव ९५ रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सन नेपाल लाइफले ९ महीनामा आर्जन गर्‍यो करीब ३ अर्ब बीमा शुल्क

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनासम्म रू. २ अर्ब ८९ करोड ७२ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कुल बीमा शुल्क आर्जन करीब ३९ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ अर्ब ८ करोड ५७ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको थियो । यस वर्ष कम्पनीको कुल दाबी भुक्तानी रकम १५० दशमलव ५९ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ३३ करोड १० लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ८२ करोड ९६ लाखभन्दा बढी यस्तो भुक्तानी गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष रू. १४ करोड ३६ लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ४४ करोड ४५ लाख खुद नाफा गरेको हो । कम्पनीको आम्दानी गत वर्षभन्दा २२७ दशमलव ३५ प्रतिशत बढी भएकाले खुद नाफामा समेत सकारात्मक प्रभाव परेको हो । गत वर्ष रू. १९ करोड १ लाख कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ६२ करोड २३ लाख कुल आम्दानी गरेको हो । यस वर्ष खर्च रकममा समेत उल्लेख्य वृद्धि भएको छ । गत वर्ष रू. ४ करोड ६५ लाख खर्च भएकोमा यस वर्ष रू. १७ करोड ७८ लाख खर्च भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २४ करोड रहेको छ । जगेडा कोष रकम रू. ८१ करोड ९२ लाख रहेको कम्पनीको जीवन बीमा कोषमा रू. ४ अर्ब ६१ करोडभन्दा बढी रकम कायम छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १५० दशमलव ५० थप गरी प्रतिकित्ता रू. २५० दशमलव ५० मा ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न गत फागुन १७ गते बोर्डमा निवेदन दर्ता गराएको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

नेको इन्सुरेन्स २७औं वर्षमा प्रवेश

काठमाडौं (अस) । नेको इन्सुरेन्स २७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले मंगलवार २६ वर्ष पूरा गरेको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले रक्तदान कार्यक्रम, बीमा सचेतनामूूलक साइकल र्‍याली, कर्मचारीबीच फूटबल, ब्याडमिण्टन, म्युजिकल चेयर लगायत विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिर, नक्सालका बालबालिकाको औषधि उपचारका लागि २ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरिएको कम्पनीले जानकारी दिएको छ । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष रोहितकुुमार भट्टराईले संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए । कम्पनीले विगत केही वर्षयता आफ्नो सेवा प्रवाह, बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायत सूचकांकमा उल्लेख्य वृद्धि गरेको दाबी गरेको छ ।