यो वर्ष ५६% ले बढ्यो जनरल इन्स्योरेन्सको खुद नाफा

माघ २४, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ५ करोड ६८ लाख खुद नाफा गरेको छ ।  कम्पनीले गत वर्षभन्दा यस वर्ष ५६ दशमलव शून्य ४ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ६४ लाख खुद नाफा गरेको थियो ।  यस वर्ष कम्पनीको आम्दानी ५० दशमलव ३८ प्रतिशत बढेको छ भने खर्च ४३ दशमलव १४ प्रतिशत बढी भएको छ । कम्पनीले रू. ९ करोड ९७ लाख आम्दानी गरेकोमा रू. ४ करोड २८ लाख खर्च गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने जगेडा कोष रकम रू. १३ करोड ३ लाख छ । बीमा कोष रकम रू. १४ करोड ९२ लाख रहेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम ९६ दशमलव ८३ प्रतिशत र जीवन बीमा कोष ९९ दशमलव ४७ प्रतिशत बढेको हो । कम्पनीले गत वर्षभन्दा यस वर्ष ३२ दशमलव ९१ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको छ भने ५२ दशमलव ३९ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको छ ।  यस वर्ष कम्पनीले रू. ४६ करोड ५७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ११ करोड ४९ लाख कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष यस अवधिमा ४२ हजार ७१५ बीमालेख जारी गरेको कम्पनीले यस वर्ष ३८ हजार ९८ बीमालेख जारी गरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव १८ छ । यो पनि हेर्नुस् : पहिलो त्रैमासमा जनरल इन्स्योरेन्स कम्पनीको नाफा ६१% बढ्यो

सम्बन्धित सामग्री

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्याङ्क हो । गत वर्ष यस अवधिमा नबिलले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको

एक अर्ब २५ करोड रुपैयाँले बढ्यो नेपाल टेलिकमको खुद नाफा

अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाल टेलिकमको खुद नाफा बढेको छ । टेलिकमले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १ अर्ब २५ करोड रुपैयाँले खुद नाफा बढेको जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा टेलिकमको खुद नाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँ थियो । जुन गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब २५ करोडले बढेर ८ अर्ब ३८ करोड ८८ हजार रुपैयाँ पुगेको छ । यसैगरी, यस अवधिमा टेलिकमको कूल सञ्चालन आय पनि बढेको छ । टेलिकमका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सञ्चालन आय १ अर्ब ९५ करोड ४२

सिभिल बैंकको खुद नाफा ७९.९१ प्रतिशतले बढ्यो

काठमाडौं, ७ वैशाख । सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिल बैंकको खुद नाफा ७९.९१ प्रतिशतले बढेको छ । गत वर्ष बैंकले ५० करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, बैंकको खुद ब्याज र सञ्चालन नाफा ५९.३९ प्रतिशत र सञ्चालन नाफा भने ९१.४५ प्रतिशत ले बढेको छ । यसले गर्दा बैंकको नाफा […]

एनआइसी एसिया बैंकको खुद नाफा बढ्यो

काठमाडौं, ७ वैशाख । एनआइसी एसिया बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १९.९६ प्रतिशतले बढेको छ । गत वर्ष बैंकले ३ अर्ब ४८ लाख १५ हजार रुपैयाँ नाफा कमाएकोमा बढेर यस वर्ष ३ अर्ब ६० करोड ४५ लाख ९८ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म वतरणयोग्य नाफामा १ अर्ब ३८ करोड ४५ […]

१८ प्रतिशतले बढ्यो टेलिकमको खुद नाफा

चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिना पुस मसान्त सम्ममा नेपाल टेलिकमको खुद नाफा १८.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा साढे १८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद नाफा तीन अर्ब २८ करोड ९३ लाख रुपैयाँ थियो । जुन, यो वर्षको ६ महिनामा ६० करोड ८४ लाख ८१ हजार रुपैयाँले बढेर तीन अर्ब ८९ करोड ७८ लाख रुपैयाँ पुगेको हो ।यस्तै, कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ । गत वर्षको सोही अवधिमा १७ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ रहेको सञ्चालन आय यो वर्ष

यस वर्ष सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ९५.६५% बढ्यो

माघ २५, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सानिमा जनरल इन्स्योरेन्सले रू. ५ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ९६ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ९५ दशमलव ६५ प्रतिशत बढी भएको हो । कम्पनीले गत वर्षभन्दा ६६ दशमलव ७३ प्रतिशत बढी रू. ९ करोड ९३ लाख आम्दानी गरेकोमा ३८ प्रतिशत बढी रू. ४ करोड १३ लाख खर्च गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ७७ प्रतिशत बढी रू. ११ करोड १८ लाख कायम भएको छ भने बीमा कोष रकम ७० दशमलव ४२ प्रतिशत बढी रू. १२ करोड १८ लाख पुगेको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा ६४ दशमलव ६८ प्रतिशत बढी रू. ४६ करोड ११ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने २० दशमलव ३०) प्रतिशत बढी रू. ९ करोड ६० लाख कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष ३६ हजार ५५० बीमालेख जारी गरेको कम्पनीले यस वर्ष ४५ हजार ७५२ बीमालेख जारी गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ६२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२४ दशमलव ३० रहेको छ ।

आरएमडीसी लघुवित्तको खुद नाफा यो वर्ष करीब ४७% बढ्यो

माघ २४, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १६ करोड ८५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ११ करोड ४७ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ४६ दशमलव ८५ प्रतिशत बढी भएको हो ।  यस वर्ष कम्पनीको सञ्चालन नाफा ४३ दशमलव २४ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. १६ करोड ३७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २३ करोड ४५ लाखभन्दा बढी यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा भने रू. ३० करोड ४९ लाखभन्दा बढी छ । २० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. १ अर्ब २४ करोड १० लाख ६६ हजार पुर्‍याएको कम्पनीको रिटेन्ड अर्निङ सहित कुल जगेडा कोष रकम रू. १ अर्ब ९० करोडभन्दा बढी पुगेको छ । गत असार मसान्तसम्मको तुलनामा पुस मसान्तसम्म कुल जगेडा कोष रकम ४ दशमलव ५२ प्रतिशत घटेको छ ।  गत असार मसान्तसम्म कुल जगेडा कोष रकम रू. १ अर्ब ९९ करोडभन्दा बढी थियो । कम्पनीले ६ महीनामा २३ दशमलव ४९ प्रतिशत बढी रू. २७ करोड ३६ लाख कर्जा सापटी लिएको छ भने आफ्ना सदस्यहरुलाई रू. २ करोड २२ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।  दोस्रो त्रैमाससम्म कम्पनीको कर्जा प्रवाह १३३ दशमलव ९४ प्रतिशत बढी भएको हो । गत असार मसान्तसम्म कम्पनीले रू. ९५ लाखभन्दा बढी मात्र कर्जा प्रवाह गरेको थियो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २७ दशमलव १५ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २५३ छ ।

सुर्योदय लघुवित्तको खुद नाफा ४४४.९३ प्रतिशतले बढ्यो

काठमाडौं, २१ माघ । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०७८÷७९ को दोश्रो त्रैमाससम्ममा खुद नाफामा उछाल आएको छ । संस्थाले सार्बजनिक गरेको वित्तिय विवरण अनुसार खुद नाफा ४४४.९३ प्रतिशतले बढ्दै ६ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । गत वर्षको यसै अवधिमा संस्थाले एक करोड […]

नेरुडे लघुवित्तको खुद नाफा यस वर्ष ७७.३२% बढ्यो

माघ २०, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १३ करोड १६ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ७ करोड ४२ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ७७ दशमलव ३२ प्रतिशत बढेको हो । सञ्चालन नाफा ११ दशमलव २८ प्रतिशत घटेको कम्पनीको खुद नाफा भने खराब कर्जा संकलनले बढाएको हो ।  गत वर्ष रू. ११ करोड ७८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १० करोड ४५ लाखभन्दा बढी यो नाफा गरेको हो । गत वर्ष नभएको खराब कर्जा संकलन यस वर्ष रू. १० करोड ४३ लाखभन्दा बढी भएको छ । यस वर्ष २१ दशमलव ४८ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीको चुक्तापूँजी रू. ६० करोड पुगेको छ । जगेडा कोष रकम पनि गत वर्षभन्दा ११ दशमलव ३५ प्रतिशत बढेर रू. ६३ करोड ३३ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले ४६ दशमलव ८९ प्रतिशत बढी रू. ४ अर्ब ९२ करोड १६ लाख कर्जा सापटी लिएको छ भने ३५ दशमलव ७७ प्रतिशत बढी रू. ९ अर्ब ४६ करोड ८५ लाख कर्जा प्रवाह गरेको छ । यस अवधिमा कम्पनीले २० दशमलव ९३ प्रतिशत बढी रू. २ अर्ब ९६ करोड ८६ लाख निक्षेप संकलन गरेको छ ।  गत वर्ष ४ दशमलव २७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ६८ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४३ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. २०५ दशमलव ५७ छ ।

महामारीमा पनि बैंकको नाफा बढ्यो

चालु आर्थिक वर्षको ११ महिना (असार–जेठ) मा २७ वाणिज्य बैंकहरू ६२ अर्ब ३६ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएका छन्। ती बैंकहरूले गत आर्थिक वर्ष ५४ अर्ब ३५ करोड सात लाख रूपैयाँ खुद नाफा कमाएका थिए।...